भ्रमणबाट विद्यार्थी लिएर फर्किदै गरेको बस दुर्घटना हुँदा २६ जना घाइते

 भ्रमणबाट विद्यार्थी लिएर फर्किदै गरेको बस दुर्घटना हुँदा २६ जना घाइते
 
चितवन, कात्तिक २१  । भ्रमणबाट विद्यार्थी लिएर फर्किदै गरेको बस आज बिहान दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडीको सोमेश्वर माविका विद्यार्थी जनकपुरबाट फर्किने क्रममा भरतपुर महानगरपालिका वडा नं ६ पुल्लरमा बस दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकाको अवस्था खतरामुक्त रहेको छ । उनीहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । 
 
ना६ख ९३६६ नंको बस बिहान १ः१५ बजे अनियन्त्रित भई पल्टिएको थियो । बसमा विद्यार्थी र शिक्षक गरी ३४ जना सवार रहेको प्रहरीले जनाएको छ । 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा