सूचना आयोगकी आयुक्तसँग इन्जाको अन्तरक्रिया

सूचना आयोगकी आयुक्तसँग इन्जाको अन्तरक्रिया

न्यूयोर्क । अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (इन्जा)ले राष्ट्रिय सूचना आयोगकी आयुक्त तथा सक्रिय पत्रकार यशोदा तिम्सिनासँग अन्तरक्रिया गरेको छ । इन्जाले विश्वभरका पत्रकारलाई समेटी पत्रकारका विषयको उठान, सामाजिक महत्व, चासो, बहस र निराकरणको सुरुवात गर्ने सिलसिलामा पहिलो शृङ्खलाअन्तर्गत ‘इन्जा नेटवर्किङ’ सुरु गरेको हो । त्यसैअन्तर्गत कार्यक्रमको पहिलो एपिसोडमा आयुक्त तिम्सिनासँग अन्तरक्रिया गरेको हो ।

अमेरिकाको डिसीमा गरिएको अन्तरक्रियामा नेपालका राम्रा पक्षलाई सञ्चारमाध्यमबाट कसरी अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने तथा कानुनमा उल्लेख गरिएको सूचनाको हक अधिकारलाई कसरी व्यवहारमा लागू गर्ने भन्नेबारे छलफल भएको थियो । तिम्सिनाले अमेरिकाबाट इन्जाको पहलमा नेपालमा पत्रकारहरुको क्षमता अभिवृद्धि, सीप आदिमा केही योगदान गर्न सकिने साथै नेपालबाट पनि पत्रकारहरुलाई अमेरिका झिकाएर विभिन्न गतिविधिमा सहभागी गराउन सकिने बताइन् ।

नागरिक सूचना लिनबाट वन्चित भए लोकतन्त्र कमजोर हुने भन्दै सूचनाको हक जति कार्यान्वयन भयो, त्यति नै लोकतन्त्र बलियो हुने बताइन् । ‘कुल जनसंख्याको ९० प्रतिशतले सूचनाको हकलाई मौलिक हक हो भन्ने बुझेका छैनन्,’ उनले भनिन्– ‘सूचनाको हकको पहुँच अहिलेसम्म १० प्रतिशत व्यक्तिमा मात्र पुगेको छ, त्यसमा २ प्रतिशत पत्रकार छन् । ती २ प्रतिशतमध्ये शून्य दशमलव २ प्रतिशत पत्रकारले पनि सूचनाको हकलाई प्रयोग गरेर सूचना लिएका छैनन् ।’

आफूहरुले काम गर्ने सिलसिलामा ४ वर्षमा ७५ वटै जिल्लामा गएको, नगरपालिका, गाउँपालिका तथा विविध समूहलाई सूचनाको हकका बारेमा जानकारी गराइरहेको उनले बताइन् ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा