प्रवासी नेपाली मञ्चद्वारा शुभकामना आदानप्रदान

प्रवासी नेपाली मञ्चद्वारा शुभकामना आदानप्रदान

न्यूयोर्क । प्रवासी नेपाली मञ्च अमेरिकाले न्यूयोर्कमा २०७५ सालको विजयादशमी, दीपावली, नेपाल सम्बत्, छठलगायत चाडपर्वको उपलक्ष्यमा न्यूयोर्कमा शुभकामना तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । अर्जुनबहादुर सिंहको संयोजकत्वमा गत नोभेम्बर ४, आइतबार उडसाइडमा मञ्चले शुभकामना तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।

लामो समयदेखि अमेरिकाका विभिन्न सामाजिक क्षेत्रमा सक्रिय प्रवासी मञ्चले केही वर्ष अगाडिदेखि नियमितरुपमा दशैं र तिहार चाडको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको छ । स्थानीय नेपाली, समाजसेवी, कूटनीतिज्ञ, पत्रकारलगायत विभिन्न व्यक्तित्वहरु आमन्त्रित कार्यक्रममा उत्साहपूर्ण सहभागिता थियो ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा