प्रधानमन्त्रीको टाउकोमा कुकुरको टाउको जोडेको तस्बिर हाल्दा कृष्ण प्रहरी खोरमा, छुटाउन आन्दोलन

प्रधानमन्त्रीको टाउकोमा कुकुरको टाउको जोडेको तस्बिर हाल्दा कृष्ण प्रहरी खोरमा, छुटाउन आन्दोलन
 काठमाडौँ, कात्तिक २५ । नेपाल विद्यार्थी संघले आफ्ना कार्यकर्ता पक्राउ गरेको विरोधमा आइतबार काभ्रेका सम्पूर्ण बिद्यालय बन्दको घोषणा गरेको छ । काभ्रेको तपेश्वर उच्च माध्यामिक विद्यालयका नेविसंघ ईकाइ अध्यक्ष कृष्ण ढकाललाई प्रहरीले पक्राउ गरेको विरोधमा विद्यालय बन्दको घोषणा गरिएको नेविसंघले जनाएको छ ।
 
ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको टाउकोमा कुकुरको टाउको जोडिएको फेसबुक वालमा आएको फोटो सेयर गरेका थिए । अन्जानमा फेसबुकमा आएको तस्वीर शेयर गरेकाले माफी माग्दा समेत नछाडेको भन्दै नेविसंघले आन्दोलनको घोषणा गरेको छ । सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको ठाडो आदेशमा ढकाललाई पक्राउ गरिएको नेवि संघ अध्यक्ष नैनसिंह महरले बताएका छन् ।  
 
सरकार कम्युनिष्ट बाहेकका विचार बोकेका मानिसलाई देख्नै नसक्ने स्थितिमा पुगेको उहाँको आरोप छ । ढकाललाई रिहा गर्न माग गर्दै नेवि संघले आज र भोलि काभ्रेका सम्पूर्ण विद्यालय बन्द गर्ने, २७ गते ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्का जाम गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार