निर्मला हत्याकाण्डः बाआमा आजबाट अनिश्चित धर्ना तयारीमा

निर्मला हत्याकाण्डः बाआमा आजबाट अनिश्चित धर्ना तयारीमा

 

कैलाली, कात्तिक २५ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे तीन महिना बितिसक्दा समेत हत्यारा पत्ता नलागेको भन्दै पीडित परिवार आजबाट धर्नामा बस्ने भएका छन् । निर्मलाका बुवा र आमाले तिहारअघि नै पत्रकार सम्मेलन गरी घोषणा गरेको कार्यक्रमअनुसार धर्ना बस्ने भएका हुन् ।
 
साढे तीन महिनासम्म पनि अपराधी पत्ता नलागेपछि अन्तिम अवस्थामा धर्ना बस्नुपरेको निर्मलाका बुवा यज्ञराज पन्तले बताएका छन् । जहाँ गएपनि न्याय पाउने आशा मरेपछि धर्ना बस्न लागेको उनले बताए । जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने कार्यक्रम तय गरिएको पन्तले जानकारी दिएका छन् । महेन्द्रनगरको मदनचोकमा भेला भइ ¥यालीसहित बजार परिक्रमा गरी प्रशासनको गेटमै धर्ना बस्ने कार्यक्रम रहेको छ ।
 
यसैबीच निर्मलाकी आमा दुर्गा देवि पन्तले उच्चस्तरीय छानबिन समितिले छानबिन गर्न भनेका व्यक्तिहरूलाई समेत अनुसन्धानको दायरामा नल्याएकाले प्रहरीको अनुसन्धान सही गतिमा जान नसकेको बताएकी छिन् ।  

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार