भारतको राजदूतमा आचार्य, प्रवक्ताले नै जानकारी नदिएपछि आलोचना

भारतको राजदूतमा आचार्य, प्रवक्ताले नै जानकारी नदिएपछि आलोचना
 
काठमाडौँ, कात्तिक २६ । सरकारले निलाम्बर आचार्यलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई राजदूत सिफारिस गरेको हो । आचार्य पूर्व कानुनमन्त्री एवं प्रवुद्ध समूहका सदस्य समेत हुन् ।
 
सरकारले यसअघि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । तर, सत्तारुढ नेकपाभित्रै विवाद भएपछि उप्रेतीको नाम सिफारिस गरिएन । मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डे र युएईका लागि नेपाली राजदूतमा कृष्ण ढकाल सिफारिस भएका छन् । पाण्डे पूर्वराजदूत हुन् भने ढकाल परराष्ट्रका सहसचिव हुन् ।
 
त्यसैगरी बैठकले नेपालको संविधानले व्यवस्था गरेको राष्ट्रिय दलित आयोगमा पुरुषोत्तम नेपाल, राष्ट्रिय समावेशी आयोग सुरेश अधिकारी, मुश्लिम आयोगमा केदार प्रसाद पनेरु, मधेशी आयोगमा भुपाल बराल, आदिवासी जनजाति आयोगमा रुद्र सिंह तामाङ र थारु आयोगको प्रशासनिक कार्य सञ्चालनका लागि रुपनारायण भट्टराईलाई पठाउने निर्णय गरेको छ ।
 
यसैगरी आइतबारकै मन्त्रिपरिषद् बैठकले जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि दीपक धितालको कार्यावधि पनि थप गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले केही महत्वपूर्ण निर्णय भएको र समय क्रम मिलाएर सार्वजनिक गरिने जानकारी दिएर पन्छिएका थिए ।  
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार