न्यूयोर्कमा सामूहिक म्हःपूजा सम्पन्न

न्यूयोर्कमा सामूहिक म्हःपूजा सम्पन्न

न्यूयोर्क । न्यूयोर्कमा बसोवास गरिरहेका नेवारी समुदायले ठूलो भेला गरेर सामुहिक म्हःपूजा मनाएका छन् । नेवाः गुठी न्यूयोर्कको आयोजनामा नेपाल सम्बत ११३९ को अवसर पारेर नेवारी समुदायले म्हः पूजा गरेको हो ।

परिवारका सबै सदस्य भेला भएर आफ्नो शरीरलाई परमात्मा मानेर आफुले आफुलाई नै पूजा आराधना गरी म्हःपूजा गरिन्छ । म्हःपूजामा आफ्नो शरीरका सबै अंगहरुको पूजा गर्ने गरिन्छ । नेवारी समुदायको नयाँ वर्ष ‘न्यूदया भिन्तुना’ कै दिन म्हःपूजा पर्ने गर्छ । त्यति मात्र होइन हरेक वर्ष नेपालीहरुको महान चाड तिहारको गोवद्र्धन पूजाको दिन नेवारीहरुले म्हःपूजा मनाउने गर्छन् ।

नेवारी समुदायका लागि म्हःपूजा अत्यन्तै महत्वपूर्ण चाड हो । ‘हामी नेपालीहरुले सबैखाले देवीदेवता, कतिपय जनवार, र कतिपय अजिब बस्तुहरुको पनि पूजा गर्ने गर्छौ । हामीले आत्मशुद्धिको लागि आफ्नो पनि पूजा गर्नुपर्छ भनेर म्हः पूजा गर्ने गरिएको हो’ म्हःपूजाबारे जानकारी दिदै रिजवुडका राजन कर्माचार्यले भने, ‘हालसम्म नेवारी समुदायले मात्र म्हःपूजा गर्दै आइरहेका छन् ।’

म्हःपूजामा अत्यन्तै बिधि पु¥याएर, अनिवार्य चाहिने खानेकुराका परिकारहरुको ब्यवस्था गरेर मात्रै पूजा गर्नुपर्छ । पूजा सकेपछि रक्सी खानै पर्ने चलन छ । न्यूयोर्कमा पनि हरेक वर्ष म्हःपूजा हुने गर्छ । नेपाली र नेवारी संस्कृतिलाई विश्वभर चिनाउने उदेश्यले सामुहिक म्हः पूजासँगै सांस्कृतिक नृत्य, धिमे नाच गर्दै तिहारको शुभकामना आदान प्रदान गर्दै म्हःपूजा मनाइएको हो ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार