नेवाः नखः न्यूयोर्कको सामूहिक म्हः पूजा

नेवाः नखः न्यूयोर्कको सामूहिक म्हः पूजा

न्यूयोर्क । नेवाः नखः न्यूयोर्कले नोभेम्बर ८, बिहीबार साँझ विशेष कार्यक्रमसाथ म्हःपूजा सम्पन्न गरेको छ । न्यूयोर्कस्थित शेर्पा किदुगको हलमा सम्पन्न कार्यक्रममा नेपाली समुदाय तथा विभिन्न संघसंस्थाका प्रतिनिधि र विदेशी पाहुनाको पनि उपस्थिति थियो । संस्थाका सल्लाहकार अजयमान छोचूंले पुजा मन्त्रविधिबाट विधिपूर्वक म्हःपूजा सम्पन्न गराएका थिए ।

प्रमुख अतिथि रहेका नेपाल कन्सुलेटका महावाणिज्यदूत पुष्पराज भट्टराईले नेपाल सम्वत ११३९ को क्यालेन्डर विमोचन गर्दै शुभकामना व्यक्त गरे । त्यसैगरी संस्थाका महासचिव डा. नरेशमान शाक्यले सञ्चालन गरेको कार्यक्रममा संस्थापक अध्यक्ष वीरेन्द्र प्रधानले म्हःपूजा र नेपाल सम्बतको महत्वबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा नखःका सचिब, गायिका संगिता मुखिया छोंचूले नेपाल भाषाको गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए । नेवाः नखः न्यूयोर्क नेवारी परम्परा, चाडपर्व, कला र संस्कृतिको संरक्षण र प्रवद्र्र्धनका लागि सन् २०११ मा न्यूयोर्कमा स्थापना गरिएको संस्था हो । यो संस्थाले समुदायको हितका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार