अष्ट्रेलिया जान भनेर फेक डकुमेन्ट बनाई विवाह गर्ने प्रहरी खोरमा

अष्ट्रेलिया जान भनेर फेक डकुमेन्ट बनाई विवाह गर्ने प्रहरी खोरमा
चितवन, मङ्सिर १ । अष्ट्रेलिया जान भनेर फेक डकुमेन्ट बनाई विवाह गर्ने एक युवा प्रहरी खोरमा पुगेका छन् । कालिका नगरपालिका–६ बाग्लुङ्गेटोलका २४ वर्षीय सुदीप सापकोटा तेह्रथुमबाट प्रहरी फन्दामा परेका हुन् ।  उनी कात्तिक २६ गते सोमबार विदेश यात्राका लागि आवश्यक सामान खरीद गरी फर्कने क्रममा नारायणगढबाट बेपत्ता भएका थिए ।  
 
इलाका प्रहरी कार्यालय चितवनका अनुसार प्रहरीले उहाँलाई तेह्रथुमको ब्लुहेभन होटलमा भेटेको हो । प्रहरीले उनको मोबाइल र ल्यापटप ट्रेस गरी ठाउँ पत्ता लगाएको थियो । 
पक्राउपछि सापकोटाले अष्ट्रेलिया जान तयार पारेको कागजपत्रसमेत नक्कली भएको पुष्टी भएको हो । अष्ट्रेलिया जाने तयारीमा भनिएका सुदीप नारायणगढमा सामग्री किनमेल गरेपछि सुटकेससहित सम्पर्कविहीन भएका थिए     । 
 
भारतको दिल्लीबाट कम्प्युटर इञ्जिनीयर उत्तीर्ण सुदीपको आगामी मङ्सिर ४ गते अष्ट्रेलिया जाने विद्यार्थी भिसासमेत लागी टिकटसमेत लिइसकेको भनिएको थियो । गत असोज ३ गते विदेश जाने भन्दै विवाहसमेत गरेका थिए। 
––– 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार