२८ हजार अमेरिकी डलर सहित दुई जना पक्राउ

२८ हजार अमेरिकी डलर सहित दुई जना पक्राउ
 
रसुवा, मङ्सिर १ । अबैध रूपमा अमेरिकी डलर ओसारपसार गर्ने दुई जना पक्राउ परेका छन् ।
 
पक्राउ पर्नेमा चितवन जिल्लाको रत्ननगर नगरपालिका–७ टाँडीका ५३ वर्षीय श्रीराम चौधरी र रौतहट जिल्लाको गुजरा नगरपालिका–९ सिम्म्रा भवानीपुरका ३२ वर्षीय विकास प्रसाद चौधरी रहेका छन् । काठमाडौँबाट रसुवागढी जाँदै गरेको बा १ य १४४६ नम्बरको स्कार्पियोमा नियमित चेकजाँचको क्रममा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका ६ त्रिशुली खोलाबाट २८ हजार ६ सय अमेरिकी डलर सहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरिक्षक सन्तोष तामाङले बताए ।  
 
पक्राउ परेका दुबै जनालाई राजश्व अनुसन्धानमा बुझाइने तामाङले बताए ।  श्रीराम चौधरीको साथबाट २६ हजार ८ सय र विकास प्रसाद चोधरीको साधबाट १ हजार ८ सय अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूले रसुवामा बसाइसराई गरेर चाइना पास समेत बनाएका छन् । उनीहरूलाई शनिबार विहान पौने ९ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार