पूजा शर्माको कार–चर्चा

पूजा शर्माको कार–चर्चा
 
नेपाली चलचित्र क्षेत्रमा बेलाबेलामा चर्चामा आउने नायिका पूजा शर्मा पुनः विवादमा तानिएकी छन् । पछिल्लो समय कारका कारण उनको चर्चा चुलिएको छ । फोटो सुट, विवादित अभिव्यक्ति लगायतका कारण उनले विभिन्न समयमा चर्चा पाएकी छन् । अहिले उनी गायिकासमेत बनेकी छन् ।
बैंककमा पल शाहसँग रोमान्स गरेको कुरा अहिले पनि नेपाली चलचित्र क्षेत्रमा हुने गरेको छ । त्यसो त उनी पपगायक अनिल सिंहसँग प्रेम कथा बोलको गीतमा स्वर दिएपछि पनि नेपाली चलचित्र क्षेत्रमा चर्चाको शिखरमा पुगेकी थिइन् । पहिरनका कारण पनि उनी बेलाबेलामा चर्चामा रहने गरेकी छन् ।
पोशाकको विषयमा उनले आफूलाई कम्फर्टेबल हुने भएकाले खुलेको पहिरन लगाउने बताएकी छन् । उनी फोर्ड कम्पनीको इको स्पोर्ट नामको कार चढ्ने गर्छिन् । बजार मूल्य ३४ लाख रुपैयाँ भएको कार आफूले चलचित्र क्षेत्रबाटै कमाएको उनको भनाइ छ । अहिले चर्चा भए पनि आफूले पहिल्यैदेखि कार चढेको उनले बताइन् ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार