आईपीएल क्रिकेटमा सन्दीप फेरि दिल्लीबाट खेल्ने

 आईपीएल क्रिकेटमा सन्दीप फेरि दिल्लीबाट खेल्ने
काठमाडौं । नेपाली क्रिकेटमा छोटो समयमा चर्चामा आएका बलर सन्दीप लामिछाने फेरि दिल्लीबाट खेल्ने भएका छन् । दिल्लीले निर्धारित समयमा सन्दीपलगायत धेरै खेलाडीलाई रिटेन गरेको  छ  । तर, गौतम गाम्भीर लगायत केही खेलाडीलाई भने दिल्लीले बिदाइ गरेको छ । सन् २०१९ को आईपीएलमा सन्दीपलाई अब दिल्लीबाट खेलेको देख्न सकिने भएको छ । अघिल्लो वर्ष दिल्ली डेयरडेभिल्समा आबद्ध भएपछि उनले आधा दर्जन अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर प्राप्त गरेका छन् । यस पटक आईपीएलका लागि नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का, तीव्र गतिका बलर सोमपाल कामी र अर्का बलर करण केसीको नाम चर्चामा छ । क्रिकेटसँग सम्बन्धित व्यक्तिले विभिन्न टोलीसँग यस विषयमा छलफल जारी राखेका छन् । आईपीएलको अक्सन आउँदो डिसेम्बरमा हुनेछ ।
 
नेपाली क्रिकेटमा सबैभन्दा धेरै सफलता प्राप्त गरेका सन्दीपले पोखरा प्रिमियर लिगमा गरेको गल्तीलाई सुधार गर्ने अवसरका रुपमा लिएका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा उनले भने– ‘गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौं । सिक्नका लागि कुनै उमेर हुँदैन, हरेक घटनाबाट सिक्छौं । गल्ती गर्दा म माफी माग्छु । असमझदारी पनि भएको हुनसक्छ, त्यसलाई हामी हटाउन सक्छौं । प्रसंशकको मायाका कारण पनि म यहाँसम्म आएको हुँ ।’ नेपाली प्रशंसक र उनीबीचको असमझदारीका विषयमा पत्रकारहरूको प्रश्नमा उनले यी कुरा बताएका हुन् । ‘म हरेक खेलमा शतप्रतिशत दिने प्रयास गर्छु । मैले ठीक ठानेको कुरा अरुले ठीक नठान्न सक्छ । मलाई माया दिएकै कारण पनि गाली गरेको हुन सक्छ । प्रशंसकको गालीमा पनि माया हुन्छ । मैले नेपालले गौरव गर्नसक्ने गरी खेल्नुपर्छ ।’
 
इन्डियन प्रिमियर लिग (आईपीएल) २०१८ को टी–ट्वान्टी खेलका लागि दिल्ली डेयरडेभिल्ससँग अनुबन्धन भएका पहिलो नेपाली खेलाडी लामिछाने आइतबार खेलकै लागि संयुक्त अरब इमिरेट्स प्रस्थान गरेका छन् । उनले आफू त्यसपछि नेपाल फर्कने र एभरेष्ट प्रिमियर लिगको दुई खेल खेल्न सक्ने बताए । ‘त्यसपछि म बिग बास लिग (बीबीएल) खेल्न अष्टे«लिया जाँदै छु । डिसेम्बर ५ मा बङ्गलादेश क्रिकेट लिग खेल्न त्यसतर्फ जान्छु । त्यसपछि म फेरि अष्ट्रेलिया जान्छु । अनि दुबई जान्छु । त्यसपछि नेपाल फर्कन्छु र त्यसपछि आईपीएल खेल्छु ।’
 
स्याङ्जाको आरुचौरमा सन् २००० को अगष्ट २ मा जन्मेका सन्दीपले आफ्नो आगामी केही दिनको अन्तर्राष्ट्रिय खेलका लागि व्यस्तताका विषयमा बताए । ‘सुट द्याट फिट्स’ले सन्दीपलाई ब्राण्ड एम्बेसडर बनएको छ । कार्यक्रममा गार्मेन्ट एशोशिएसन नेपालका अध्यक्ष चण्डी अर्यालले २२–२३ वर्षसम्म मुलुकले लगानी गरिसकेपछि विदेशका कारखानामा काम गर्नुपर्ने नेपाली युवाको बाध्यताबीच ‘सुट द्याट फिट्स’ले विदेशीका लागि नेपालमा सुट तयार गरी निर्यात गरिरहेकोमा खुसी व्यक्त गरे । उनले २ करोड ८० लाख जनसङ्ख्यामा १८ देखि ४० वर्षका करिब ४८ लाख नेपाली विदेशमा रोजगारीका लागि गएकाले ५४ लाख प्रौढले नेपालको विकास गर्न युवा कमी हुने उल्लेख गरे । ‘रगत, क्षयरोग, अर्बुद सबै परीक्षण गरेपछि विदेशीले नेपाली युवालाई लैजान्छन् र नेपालमा कमजोर पुस्ता बाँकी रहन्छ । यस्तो अवस्था किन बनाया त भनी भोलिका पुस्ताले आजका पदाधिकारी अभिभावक पुस्तालाई पक्कै पनि सोध्नेछन्’, अध्यक्ष अर्यालले गुनासो गरेका छन् ।
 
 
‘सुट्स द्याट फिट्स’ का कार्यकारी प्रमुख ओमभक्त योगीले सन् २००८ मा बेलायतमा निर्यात गर्न स्थापित यस संस्थाले पछिल्ला वर्षमा आयरल्यान्ड, स्कटल्यान्ड, अमेरिका तथा युरोपका अन्य मुलुकमा सुट निर्यात गरिरहेको बताए । उनले चर्चित फुटबल खेलाडी डेविड बेकम, कलाकार तथा सामाजिक कार्यकर्ता जोअन लुमली, कलाकार जेम्स डिन, विश्वका अग्ला व्यक्ति सुल्तान कोसेन तथा सङ्गीत समूह वन डाइरेक्सनका लागि आफ्नो संस्थाले सुट तयार गरेको जानकारी दिए ।  १५ हजारभन्दा बढी सुट निर्यात गरेको पनि उनले जानकारी दिएका छन । ‘अ सुट्स द्याट फिट्स’ नामक बेलायती संस्थाको साझेदारीमा यो आफ्नो संस्था नेपालमा स्थापना भएको र नेपाललाई पनि सुटको केन्द्र बनाउने यस संस्थाको उद्देश्य रहेको योगीले जानकारी दिए । सन्दीपले पनि कार्यक्रममा त्यही सुट्स प्रयोग गरेका थिए ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार