बेराको डायरी–३

बेराको डायरी–३

जमिनको सतहअनुसार नै पानीको पोखरी बन्ने हो । जब नदीको बहाव रोकिन्छ, तब नदीले वैकल्पिक निकास खोज्छ ।

‘खोजेपछि भगवान पनि भेटिन्छ’ एक दशकमा काठमाडौंले गाउँको साधारण गोठालोलाई सफल व्यापारी बनाइदियो । दैनिक भोगाइ र ऐयासीले उसलाई कुनै तारे होटलको चौकीदारले चिन्नै नसक्ने प्रतिष्ठा दियो । पुटुक्क पेट निक्लिएको भेले हुलियाले होला क्यासिनोहरू पनि स्वागत गर्न थाले । यदाकदा होटल रिसेप्सनिष्ट पनि हिन्दीमा नै बोल्थे । खिचापोखरीको पञ्जाबी ढावा सरदारदेखि सेराटनको जीएमसम्म साथी भए । इन्डिएन एअरलाइन्सबाट गु्रप बुकिङको लिष्टको सुइँको पाएपछि एड्भान्स र भीभीआईपी युगल निमन्त्रणा कार्डहरू बर्सिन थाले । हातमा हात समातेर डिस्को थेकमा ब्रिट्नी स्पियर्स बन्न र पाँचतारेको रंगीन सौखमा साथ दिनेहरू फेरिन थाले । कहिले रेखा, कहिले वर्षा, उषा, सृष्टी, समा, सीमा, श्रीजा गज्जब–गज्जबको नामवाला जुर्थे । रातकी रानी बनेर रोल्सरोय फेरारी हाँक्नका लागि न नागरिकता, न त ड्राइभिङ लाइसेन्स नै चाहिन्थ्यो, न त फोटो आईडी नै  ।

बार टेन्डरसँग ह्विस्कीको अर्डरमा सोडा पिएर कमिसन खाई घर चलाउने सिङ्गल मदरहरू प्रशस्त थिए ।

पहिलो परिचयमा नै सी सेक्सनबाट बेबी पाएको हो, ब्रेस्ट फिडिङ पनि गर्दिन । मेन्टल्ली र फिजिकल्ली नै आफ्नो क्वालिटी र चारित्रिक प्रमाणपत्र पेश हुन्थ्यो । दूध पिउन गाईको इन्स्योरेन्स गर्नु जरूरी थिएन, चाहिएको बखत तातो चिसो दूध पिउन पाए पुग्थ्यो । जसरी शहरले रंग बदल्थ्यो च्याङ्वा बदलिँदै गयो ।

जस्तो भोग्यो, त्यस्तै बन्ने रहेछ जीवन । हरेक मोड काटेपछि नयाँ र फरक क्षितिज देखाउँदो रहेछ जिन्दगीले । सडकमा हिँड्दा भुक्ने कुकुर गाडीमा सुइँकिदा डराउन थाल्दा रहेछन् । बगलीमा पैसा छिरेपछि मान्छेको सतह, उचाइ र सोंचमा पनि बदलाव आउने रहेछ । रेंगी पवमा पाइने फ्रीडम, रूप डुडलमा पाइने रंग र माया पवमा पाइने फिक्रीपनले जिप्सी जिन्दगीको मज्जा के बयान गर्न सक्ने खालको थियो होला र ?

ओपन छतको वाग्नर जीपमा नगरकोटको डाँडामा फायरवक्र्स गरेर रात कटाउनु, मलेखुदेखि दोलालघाटसम्म भट्टीका तीनपाने चाख्नु, दायाँबायाँ मोडल राखेर जानी–नजानी मार्लबोरो सल्काएर जनी वाकरको चुस्की लगाउनु वाह...! के–के मात्र गराएन समयले ?

याक एण्ड यतीको हनिमुन सुइटमा रात बिताउनेहरू आफ्ना वास्तविक हनिमुन मनाउँदा दैवलाई कति सराप्दा होलान् ? कहिल्यै आफ्नो पूरा शरीर हेर्न नसक्ने परम्परागत नारीहरू चारैतिर ऐनाबाट क्याण्डल लाइटमा आफ्नो गोप्य अंग देख्दा आफैँलाई किन नचिमोटुन् । पूर्वीय सभ्यतालाई धोका दिँदै व्यवसायको नाममा छिरेको यो पश्चिमी सभ्यताले कयौंको घर बिगारेको होला त कतिको जीवन नै अस्तव्यस्त पारेको छ । यहाँनेर धर्म र संस्कारलाई अभावले मज्जाले लात मार्ने गर्छ । विश्वमा एक नम्बरमा पर्ने नेपाली नारीहरूको कामोकला बाँदर रतीमा सीमित रहनु कति नाइन्साफी छ होला ? विचरा...!

रातको मधुरो बत्तीमा मलिन अनुहार लिएर मधुरो भविष्यलाई चम्किलो बनाउने सपना देख्ने हजारौं सिधा आँखाहरू कोही मोडल बनाउने बहानामा ठगिए, कोही हिरोइन बनाउने । कसैलाई आफ्ना बन्नेले ठगे कयौंलाई आफ्नै ठान्नेले । शुद्ध व्यवसायलाई वक्र दृष्टि लगाउने सादगीदेखि पातकीसम्म मेनु बाहिरका मन पराउँछन् ।

द्विअर्थी कुरा गर्नु र बारम्बार टेबलमा बोलाउनु सामान्य हुन्छ । घरमा रासन हुन्न मधुशालामा हजारौं उडाउँछन् ।

बदलामा रित्तो हात, हिस्स बुढी हरिया दाँत । टेबलमुनिबाट आएको पैसा कन्दनी र पेटिकोटमा घुसारिन्छ । राती भीभीआईपीका महारानीहरूलाई बिहानको सूर्यकिरणले कुदृष्टी लगाउँछ । उसको चरित्र, रंग, रोगन, बानी र परिवार नै काला लाग्छन् । सोच बदलिन समाज बदलिनु प¥यो, समाज बदलिन मान्छेको इमान, नैतिकता र आचरण पनि बदलिनु प¥यो । आफ्नी छोरीलाई पाँच बजे घर आइपुग्नुपर्ने उर्दी दिने मान्छे सोमशालामा छोरीभन्दा चिचिला नानीहरूसँग राशलिलाको अभिलाषा राख्छ । भगवानले राम्रा काम गर्न बनाएको रातमा नराम्रो हर्कत गर्नु कति जायज होला ?

न्यूयोर्क

क्रमशः अर्को अङ्कमा...

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार