फिप्नाद्वारा पद्मरत्नलाई श्रद्धाञ्जली

फिप्नाद्वारा पद्मरत्नलाई श्रद्धाञ्जली

न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले मानव अधिकारकर्मी तथा आदिवासी जनजाति अगुवा पद्मरत्न तुलाधरको दिंवगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धान्जली व्यक्त गरेको छ । न्यूयोर्कको ज्याक्सन हाइट्समा शनिबार फिप्नाद्वारा आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा न्यूयोर्कमा क्रार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधि भेला भएर तुलाधरको तस्वीरमा फूल अर्पण गर्दै उनले नेपाल र नेपालीका लागि गरेको योगदानको सम्झना गरेका थिए ।  

तुलाधरले आदिवासी जनजातिको अधिकारका निम्ति अगुवाको भूमिका निर्वाह गरेका थिए । सबै जातजातिले समान अधिकार पाउनुपर्ने भन्दै आन्दोलनमा नेपाली जनतालाई जागरुक बनाएका थिए । तुलाधर राष्ट्रिय पञ्चायतमा बहुदल माग गर्दै आन्दोलनमा उत्रिएका एक मात्र नेता थिए । तुलाधरको मस्तिष्क घातका कारण गत कात्तिक १८ मा (२२ दिन अघि) काठमाडौंमा निधन भएको थियो ।

कार्यक्रममा महावाणिज्य दूतावासका वाणिज्यदूत कृषु क्षेत्री, फिप्नाका संस्थापक अध्यक्ष कर्मा ग्याल्जेन शेर्पा, नेपाली कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्य आनन्द विष्टलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मीहरुको सहभागिता थियो ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार