क्रियाशील सदस्यता वितरण

क्रियाशील सदस्यता वितरण

न्यूयोर्क । नेपाली जनसम्पर्क समिति अमेरिका, न्यूयोर्क च्याप्टरले नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यता वितरण गरेको छ । नोभेम्बर १७, शनिबार एक कार्यक्रमको आयोजना गरी सदस्यता वितरण गरेको हो । स्थानीय ज्याक्सन हाइट्समा आयोजित सदस्यता वितरण कार्यक्रममा नेकाका आमन्त्रित केन्द्रीय सदस्य एवम् नेजस अमेरिकाका सभापति आनन्द विष्ट र महासचिव मुनीन्द्र नेम्बाङसमेत उपस्थित भएका थिए ।

कार्यक्रममा नेका सोलुका युवा नेता प्रकाशसिंह कार्की, सिन्धुपाल्चोकका महासमिति सदस्य जिमी लामा ह्योल्मो र ललितपुर जिल्ला महिला संघका उपसभापति भगवती शर्मासमेतको उपस्थिति थियो । त्यस्तै, वितरण गर्न बाँकी रहेको क्रियाशील सदस्यता च्याप्टरका उपसभापति अमर तामाङ, महासचिव महेश मल्ल र सचिव अनिल पाण्डेलाई जिम्मा लगाएको च्याप्टर सभापति रोशन ढुङ्गानाले सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए । यसैबीच, नोभेम्बर १८ आइतबार न्यूयोर्क च्याप्टरकै आयोजनामा ज्याक्सन हाइट्समा नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका महासमिति सदस्य युवा नेता जिमी लामा ह्योल्मोद्वारा संघीय प्रणाली, विधायी प्रणाली र सार्वजनिक नीतिका बारेमा एक अन्तरक्रिया एवम् छलफल कार्यक्रमसमेत सम्पन्न गरेको छ ।

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाको उपसभापति अमर तामाङको अध्यक्षतामा सम्पन्न भएको उक्त क्रियाशील सदस्यता वितरण कार्यक्रमको सञ्चालन च्याप्टरका महासचिव महेश मल्लले गरेका थिए भने स्वागत मन्तव्य सचिव अनिल पाण्डेले दिएका थिए ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार