नर्थ क्यारोलिनामा देवकोटा जयन्ती सम्पन्न

नर्थ क्यारोलिनामा देवकोटा जयन्ती सम्पन्न

नर्थ क्यारोलिना । मोरिस्भिल अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नर्थ क्यारोलिना च्याप्टर र नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाद्वारा संयुक्त रुपमा आयोजित महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औं जन्मजयन्ती सम्पन्न भएको छ । उपस्थित साहित्यकारहरुले आआफ्ना रचना वाचन, देवकोटाको कृतित्व तथा व्यक्तित्वमाथि प्रवचन र गीत गाएर महाकविलाई सम्झेका थिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलिना च्याप्टरका अध्यक्ष शिखर दुलालको अध्यक्षता र च्याप्टरकी वरिष्ठ उपाध्यक्ष नम्रता गुरागाईंले सञ्चालन गरेको कार्यक्रममा नेपाल सेन्टर अफ नर्थक्यारोलिनाका अध्यक्ष डा. बटु शर्माले सबैलाई स्वागत गरेका थिए ।

अनेसास नर्थ क्यारोलिना च्याप्टरका सल्लाहकार ईश्वर देवकोटाले महाकवि देवकोटाको व्यक्तित्वबारे प्रकाश पारेका थिए । ‘महाकवि देवकोटा नेपाली साहित्यका विशाल समुद्र समान रहेको र उनको योगदानको बयान जति गरे पनि छोटो र अपूर्ण हुने भन्दै उनीजस्ता महान् व्यक्तिको सम्झना गर्दै यसरी प्रवासमा जयन्ती मनाउनु नेपाली साहित्यको सम्मान हो,’ उनले भने ।

कार्यक्रममा भरत विष्ट, रमेशप्रसाद गौतम, नन्दलाल सुवेदी, दिजा पाण्डे, दिव्या पाण्डे, वासु भट्टराई, सबिता विष्ट, गीता बस्नेत, विक्रम गौतम, शिशिर खनाल, ऋषि बस्ताकोटी, सुजाता ढुङ्गेल, नम्रता गुरागाई र शिखर दुलालले आ–आफ्ना रचना, कविता र गजल वाचन गरेका थिए ।

प्रस्तुत रचनाहरूमाथि समीक्षा गर्दै साहित्यकार डा. हरिहर भट्टराईले कविता लेखनको परिपक्वताको हिसाबले भाव र कलाको आधारमा विविध खालका भए पनि समग्रमा उत्कृष्ट रहेको बताए । उनले महाकवि देवकोटा वास्तवमै ईश्वरीय बरदान पाएका साहित्यकार भएको र उनका हरेक रचना सधैंका लागि उत्कृष्ट रहने दाबी गरे ।

त्यसैगरी नगेन्द्र न्यौपानेले महाकवि देवकोटाको कविता वाचन गरेका थिए । विरोध तिमल्सिना र बाल प्रतिभा निर्विरोध तिमल्सिनाले मुनामदनको गीत प्रस्तुत गरेका थिए भने दीपेन्द्र अर्यालले ‘कुन मन्दिरमा जान्छौ यात्री’ गीत गाएका थिए ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार