अल्टिमेट आकाश उपन्यास सार्वजनिक

अल्टिमेट आकाश उपन्यास सार्वजनिक

न्यूयोर्क । साहित्यकार सन्तोष लामिछानेले आफ्नो उपन्यास ‘अल्टिमेट आकाश’ नोभेम्बर १७, शनिबार म्याडिसन, अमेरिकामा एक समारोहबीच सार्वजनिक गरेको छ । नेपाली अमेरिकन मैत्री संघ (नाफा)ले आयोजना गरेको १०९औं महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती एवम् ‘नाफा साहित्यिक साँझ २०७५’ मा उपन्यास विमोचन गरिएको थियो । वरिष्ठ लोकगायक एवम् अवैतनिक नेपाली महावाणिज्य दूत प्रेमराजा महत, कवि गोवद्र्धन पूजा, साहित्यकार कृष्ण बजगाईंको विशिष्ट आतिथ्यमा उपन्यास सार्वजनिक गरिएको हो । उपन्यास बेलायतस्थित समकालीन साहित्य प्रतिष्ठानले प्रकाशित गरेको हो ।

विशिष्ट अतिथि साहित्यकार कृष्ण बजगाईंले नेपाली डायस्पोरिक साहित्यमा यो उपन्यास कोसे ढुङ्गाका रूपमा रहने दाबी गरे । अमेरिकी भूमिमा युवाले गर्नुपरेको संघर्ष र सफलताको कथा रहेको यस उपन्यासको विषयवस्तु, भाषा शैली रोचक रहेको उनले बताए ।

त्यसैगरी अवैतनिक नेपाली महावाणिज्यदूत प्रेमराजा महतले देशबाट टाढा भए पनि देशकै तर्कनामा रहेर नेपाली भाषा र संस्कृति उकास्न र नयाँ पुस्तालाई सिकाउन लागिपरेको नेपाली समुदाय देखेर आफूलाई खुसी लागेको बताए । साहित्यकार गोवद्र्धन पूजाले सिर्जनात्मक लेखनमा निरन्तर अभ्यासको खाँचो औँल्याए ।

उपन्यासकार सन्तोष लामिछानेले अमेरिकी भूमिमा नेपाली युवाका भोगाइलाई उपन्यासको रूप दिएको बताएका थिए । उनले केही हदसम्म भए पनि यस उपन्यासको अध्ययनबाट नेपाली युवा लाभान्वित हुने धारणा राखे । उक्त उपन्यास ‘आमा जोन’बाट अनलाइनमा बिक्री भइरहेको छ ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार