शेर्पा सांस्कृतिक पाठशाला दशौं वर्षमा

शेर्पा सांस्कृतिक पाठशाला दशौं वर्षमा

न्यूयोर्क । न्यूयोर्कमा स्थापित शेर्पा समुदायको संस्था शेर्पा किदुकद्वारा सञ्चालित शेर्पा सांस्कृतिक पाठशाला दशौं वर्षमा प्रवेश गरेको छ । शेर्पाहरुको भाषा, संस्कृति र बौद्ध दर्शनको अध्ययन–अध्यापन गराउने उद्देश्यले स्थापित ‘श्यार्वी रिग्श्युङ लोप्टा’को नवौं वार्षिकोत्सब समारोह सम्पन्न भएको हो ।

गत नोभेम्बर १८ मा शेर्पा किदुकको भवनमा आयोजित कार्यक्रममा भाषा संस्कृति र बौद्ध दर्शनबारे बालबालिकाहरुले उदाहरणीय प्रस्तुती दिएका थिए । विगत वर्षहरुमा केक काटेर मनाइने वार्षिकोत्सव यस पटक मौलिक शेर्पा परम्पराअनुसार फेमार काटेर मनाइएको थियो । बिहानैदेखि छेचु छोक्पाका लामाहरु र श्यार्वी रिग्श्युङ लोप्टाका विद्यार्थीहरुबाट संयुक्त रुपमा तारा पूजा र रिवो साङ्क्षो पूजासहित सुरु भएको समारोहमा अमेरिकी शेर्पा समुदायका प्रमुख टुल्कु उर्गेन छोतर रिम्पोछेबाट फेमार काटेर विश्व शान्तिको कामना गरिएको थियो ।

कार्यक्रममा औतारी गुरु उर्गेन छोतर रिम्पोछेले सांस्कृतिक पाठशालाले अमेरिकामा अनुकरणीय कार्य गरेको बताए । अब अमेरिकामा जन्मेका बालबालिकालाई भाषा शिक्षा दिन एक विशेष पाठ्यक्रम बनाउनुपर्ने र विश्वव्यापी रुपमा लागू गर्नका लागि सर्वमान्य व्याकरण निर्माण गर्नुपर्ने बताएका थिए ।

पाठशालाका अध्यापक ग्युर्मे छोडकले आफ्नै मौलिक परम्पराअनुसार फेमार काटेकोमा प्रशंसा गरे । शेर्पा किदुकका अध्यक्ष उर्गेन शेर्पाले विश्व शेर्पा मञ्चले निर्णय गरेबमोजिम शेर्पा किदुकका सबै कार्यक्रमहरुमा मौलिक शेर्पा संस्कृतिको रक्षा र प्रवद्र्धनमा प्राथमिकता दिइने बताए । उनले शेर्पा भाषाको शिक्षाको पाठ्यक्रम र व्याकरण निर्माणमा विश्व शेर्पा मञ्चसँग सहकार्य गर्ने बताए । कार्यक्रममा शेर्पा समुदायका विभिन्न व्यक्तित्व र बालबालिकाको उपस्थिति थियो ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार