आउट अफ स्टाटसमा आई–४८५ एप्लिकेसन पेश गर्न मिल्छ कि मिल्दैन ?

कानूनी कुरामार्फत महत्वपूर्ण कानूनी सल्लाह, सुझाव उपलब्ध गराइदिनुभएकोमा विश्वसन्देश टिमलाई धेरैधेरै धन्यवाद । मैले लगभग ६ महिनाअगाडि ग्रीनकार्ड होल्डरको नाताले मेरो श्रीमती (जो बी–२ भिजिटर भिसामा हुनुहुन्थ्यो)को लागि आई–१३० पेटिसन फायल गरेको थिएँ । गत महिना म युएस सिटिजन भएपछि युएससीआईएसलाई जानकारी गराई पेन्डिङ आई–१३० पेटिसनलाई इमिडियट रिलेटिभ अफ युएस सिटिजनमा परिवर्तन गरिसकेको छु । अहिले मेरो श्रीमतीको भिजिटर भिसा समाप्त भएको ५ महिना बितिसक्यो र हालको आउट अफ स्टाटस अवस्थामा मैले उसको लागि आई–४८५ एप्लिकेसन पेश गर्न मिल्छ कि मिल्दैन । यसबारे पूर्ण जानकारी पाए निकै आभारी हुने थिएँ । धन्यवाद ।
– सुरेन गिरी, भरमन्ट
विश्वसन्देशबाट प्रकाशित हुने कानूनी स्तम्भको पाठक हुनुभएकोमा धन्यवाद । अध्यागमन कानूनअनुसार अमेरिकी नागरिकहरुको अति निकटका नातेदारहरु अर्थात् श्रीमान÷श्रीमती नाबालक छोराछोरीहरु र बुबाआमाहरुलाई उक्त अमेरिकी नागरिकले ग्रीनकार्डका लागि निवेदन युएससीआईएसमा पेश गर्न सक्नेछन् । यी निकटको नातेदारहरुको आई–४८५ निवेदन पेश गरेको बेलामा वैध भिसा भए–नभए, जे भए पनि यदि उनीहरु कानूनी तवरबाट भिसा प्राप्त गरी अध्यागमनका अधिकारीहरुले अमेरिका प्रवेश गरेको बेलामा इन्सपेक्सन गरी एड्मिसन गरेको खण्डमा उहाँहरुले अमेरिकी नागरिकको नजिकको नातेदार वा इमिडियट रिलेटिभको आधारमा स्थायी बासिन्दा अर्थात् पर्मानेन्ट रेसिडेन्ट प्राप्त गर्न सक्नुहुनेछ । तपाईंको केसमा तपाईंको श्रीमतीले बी–२ वा भिजिटर भिसा लिई अमेरिकामा प्रवेश गर्नुभएकोले उहाँ इन्सपेक्टेड र एड्मिटेड हुनुहुन्छ । त्यसैले अहिले भिसा गुजारेर बसिरहनु भए तापनि अमेरिकी नागरिकको श्रमितीको हैसियतले उहाँको स्टाटस एड्जष्ट गरी ग्रीनकार्ड प्राप्त गर्न सक्नुहुनेछ । त्यसैले अहिले तपाईंले अमेरिकी नागरिकता प्राप्त गरी सो आई–१३० पेटिसनलाई प्रिफरेन्स रिलेटिभ (एफ२ए)बाट इमिडियट रिलेटिभ (आईआर)मा परिवर्तन गरिसक्नु भएकोले उक्त आई–१३० पेटिसन स्वीकृत नभई पेन्डिङ वा विचाराधीन रहेको अवस्थामा भए पनि तपाईंको श्रीमतीले आई–४८५ एप्लिकेसन युएससीआईएसमा पेश गर्न सक्नुहुनेछ ।
कान्छी आमापट्टिका भाइलाई पेटिसन गर्न सक्छु ?
मैले भर्खरै युएस सिटिजनसिप प्राप्त गरेको छु । मेरो कान्छी आमापट्टिबाट दुई जना भाइ छन् । अहिले उनीहरु नेपालमा छन् । हाम्रो आमाहरु भिन्दाभिन्दै भए पनि हाम्रो बुबा एउटै हुनुहुन्छ । बुबा बित्नुभएको धेरै भयो । के मैले मेरो भाइहरुलाई पेटिसन गर्न सक्छु होला ? कृपया बताइदिनुहुन्छ कि ? धन्यवाद ।
– उर्वसी, अमेरिका
युएस सिटिजनले आफ्नो इमिडियट रिलेटिभहरु जस्तै– स्पाउसेज, चिल्ड्रेन (अण्डर २१) र बाबुआमाहरुलाई ग्रीनकार्डका लागि पेटिसन गर्न सक्नेछ । इमिडियट रिलेटिभ्सबाहेक २१ वर्षभन्दा बढी उमेर भएका (विवाहित तथा अविवाहित छोराछोरीहरु र आफ्नो दाजुभाइ, दिदीबहिनीहरुलाई पनि ग्रीनकार्डका लागि पेटिसन गर्न सकिन्छ । सिब्लिङ्ग्सहरुको पेटिसनको क्याटगोरी चौथो अर्थात् सबभन्दा तल्लो प्रायोरिटी पाउने क्याटगोरी हो । सिब्लिङ्ग्सको परिभाषामा इमिग्रेसन ल अनुसार त्यस्ता व्यक्तिहरु पर्दछन्, जसले दुवै प्यारेन्ट्स वा एउटा प्यारेन्टसँग हाडनाताको सम्बन्ध कायम गरेको हुनुपर्छ । अर्थात् बाबु एउटै तर दुई आमाहरुबाट जन्म लिएका स्टेप–ब्रदर्सले एकअर्काका लागि फोर्ट प्रिफरेन्स फेमिली–बेस्ड पेटिसन फायल गर्न मिल्छ । तपाईंको केसमा पनि तपाईंले आफ्नो स्टेप–ब्रदर्सलाई पेटिसन गर्न मिल्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
अन्तरवार्ता
-
पार्टीको त यो हालत छ भने त्यही पार्टीको सरकारको हालत के होला ? मैले त फर्केर हेरेको पनि छैन
२०७५-११-२ ० बिचार / प्रतिक्रिया