घरवारविहिनलाई खाना खुवाउन फन्ड राइज कार्यक्रम

घरवारविहिनलाई खाना खुवाउन फन्ड राइज कार्यक्रम
विश्व न्यूज संवाददाता
डलास (टेक्सस) । 
लामो समयदेखि घरवारविहिनहरुको सेवामा सक्रिय हेल्प फर डेस्परेट एण्ड निड्डी पिपुल (एजडीएनपी) इन्टरनेशनलले आर्थिक सहयोग संकलनका लागि शनिवार गाला डिनरको आयोजना गरेको छ । 
अमेरिकाको डलास फोटवर्थ क्षेत्रमा रहेका घरवारविहिनहरुलाई हरेक ३/३ महिनाको फरकमा खाना खुवाउँदैं आएको संस्थाले त्यसका लागि रकम जुटाउन गाला डिनर आयोजना गरेको हो । अमेरिका, नेपाल , अफ्रिकी मुलुल युगाण्डा र अष्ट्रेलियामा सामाजिक सेवामा सक्रिय संस्थाको स्थापना सन् २०१२ मा भएको हो । 
संस्थाका संस्थापक देवी आचार्यले आफू सन् २००८ मा नेपाल जादा पशुपति नाथको दर्शन गर्दा बाहिर घरवारविहिनहरुले पैसा मागेको देख्दा आफूलाई त्यसले यिनीहरुको सेवामा लाग्न उत्प्रेरणा मिलेको बताए । 
सन् २००९ वाट अनौपचारिक रुपमा घरवारविहिनको सेवामा लागेका आचार्यले सन् २०१२ वाट संस्था स्थापना गरी सामाजिक सेवाको क्षेत्रमा लागिएको जनाए । संस्थाले घरवारविहिनहरुलाई खाना खुवाउनुको साथैं रक्तदान तथा लत्ताकपडा वितरण समेत गर्दै आएको छ । 
सामाजिक सेवामा लागेका कारण टेक्सस गर्भनरले समेत सम्मान गरेका आचार्यले वर्षमा धेरैं पटक घरवारविहिनहरुलाई खाना खुवाउने संस्थाको उद्देश्य रहेको र उनीहरुलाई आवश्यक पर्ने सेवा दिन संस्थाले विभिन्न योजनाहरु बनाएको बताए । झण्डैं ३५ हजार सहयोग संकलन गर्ने संस्थाको उद्देश्य रहेको जनाउँदैं आचार्यले कार्यक्रममा सहभागि भई पुण्यको कार्यमा सरीक बन्न सबैंमा अनुरोध गरे । संस्थाले हालसम्म १० हजार भन्दा बढी घरवारविहिनलाई खाना खुवाइसकेको जनाएको छ । 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार