न्यूयोर्कमा एक नेपाली बेपत्ता

न्यूयोर्कमा एक नेपाली बेपत्ता
 
न्युयोर्क । नेपालमा नवलपरासी घर भै हाल न्यूयोर्कस्थित साउथ रिचमोण्ड हिलमा बसोबास गर्दै आएका ४१वर्षिय रविप्रसाद अर्याल न्यूयोर्कबाट बेपत्ता भएका छन् । गत २६ नोभेम्बर सोमबार बिहान खाना खाई करिब साढे ११ बजे बसोबास गर्दै आएको घरबाट निस्केका अर्यालको हाल फोन समेत बन्द रहेको छ ।  ५ फिट ८ ईन्च  उचाइ, गहुँ गोरो बर्णका रबिले पछील्लो पटक कालो नर्थफेस ज्याकेट र निलो जिन्स लगाएको  कुरा बिहान संगै खाना खाएर छुट्टीएका न्यूयोर्क निवासी अर्यालमा नजिकका नातेदार राजेन्द्र गौतमले बताएका छन्  ।  
रबी अर्यालसँगै बसोबास गर्दै आएका साथीले न्यूयोर्क प्रहरी र चिनेजानेका सबैलाई खबर गरिसकेका छन् । अविवाहित अर्यालका नेपालमा भएका नजिकका परिवार निकै नै चिन्तित भएको अर्यालका नजिकका नातेदार राजेन्द्र गौतमले बताएका   छन्   ।  
बेपत्ता भएका अर्याल कसैको सम्पर्कमा आएमा साउट रिचमोण्ड हिल निवासी अर्यालका छिमेकी समाजसेवी राजेन्द्र गौतमलाई ३४७ २७९ ३६६६ मा जानकारी गराईदिन अमेरिका स्थित नेपाली समुदायका अगुवाहरूलाई नेपालबाट उहाँका बुबाले अनुरोध गरेका छन् ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार