अमेरिकाका पूर्वराष्ट्रपति बुशको ९४ बर्षको उमेरमा निधन

अमेरिकाका पूर्वराष्ट्रपति बुशको ९४ बर्षको उमेरमा निधन
 
अमेरिका । अमेरिकी पूर्वराष्ट्रपति जर्ज वाकर बुश (जर्ज एचडब्लू बुश) को निधन भएको छ  ।  उनको ९४ बर्षको उमेरमा निधन भएको हो ।  सन् १९८९ देखि सन् १९९३ सम्म महाशक्ति राष्ट्र अमेरिकाको नेतृत्व गरेका बुश ४१ औँ राष्ट्रपति थिए ।  बुशको नोभेम्बर ३० तारिक शुक्रबारका दिन आफ्नै निवासमा निधन भएको हो । 
 
बिगत लामो समयदेखि ‘पार्कइन्सन’ रोगबाट पीडित बुश ह्वीलचियरको सहारा लिदैँ आएका थिए  ।  उनको पछिल्लो समय अस्पातल भर्ना हुने र सन्चो भएर डिस्चार्ज हुने क्रम बढेको  थियो । 
 
६ सन्तानका पिता बुश अमेरिकाको ४३ औँ राष्ट्रपति जर्ज वाकर बुश र फ्लोरिडा गभर्नर जेब बुशका समेत पिता हुन् । बुशकी धर्मपत्नी बराबरा बुशको पनि यसै बर्ष अप्रिल महिनामा ९२ बर्षको उमेरमा निधन भएको थियो ।  
न्युहेबेन कनेकटिकमा जन्मिएका बुश टेक्ससमा हुर्किएका थिए ।
 
  उनले अमेरिकाकै उच्चकोटीको शिक्षणसंस्था  एल युनिभर्सिटीबाट  ब्याचलर र हार्वर्ड विश्वविद्यालयबाट मास्टर्स गरेका थिए । पूर्वराष्ट्रपतिको निधनपछि मध्यरातमा राष्ट्रपति डोनाल्ड ट्रम्पले समबेदना ब्यक्त गरेका छन्    ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार