भिडियो लाइभमै एक नेपाली विद्यार्थीले अमेरिकामा गरे आत्महत्या

 भिडियो लाइभमै एक नेपाली विद्यार्थीले अमेरिकामा गरे आत्महत्या
  सानफ्रानसिस्को, अमेरिका ।  अमेरिका धेरैको सपनाको देश हो ।  अमेरिका पुग्ने, त्यहाँ अध्ययन गर्ने, श्रम वा व्यवसाय गर्ने चाहना नभएकाहरु कमै भेटिन्छन् । विश्वकै नागरिकका लागि अमेरिका सपना हो । अझ नेपाली नागरिकको कुरा गर्ने हो भने त अमेरिका पुग्ने सोच नभएका सायदै भेटिन्छ ।
 
तर, अमेरिका बाहिरबाट देखे जस्तो सुख मात्रै छैन । अमेरिकामा रहेका नेपालीहरुको आ–आफ्नै कथा–व्यथा पनि छ । पछिल्लो समय अमेरिकामा आत्महत्या गर्ने, डिप्रेशनको शिकार बन्ने गरेका घटना सार्वजनिक हुन थालेका छन् ।  पछिल्लो एक घटना पनि त्यस्तै भएको छ । दूरविन नेपाल अनलाइनले अमेरिकाको पश्चिम तटीय सहर सानफ्रानसिस्कोमा बसोबास गर्दै आएका एक नेपाली विद्यार्थीले आत्महत्या गरेको समाचार छापेको छ । ती विद्यार्थीले आत्महत्या गर्नु अगाडि साथीलाई लाइभ भिडियोमा जोडेका थिए ।  सन्निभेलस्थित हाइल्याण्डर अपार्टमेन्टमा बसोबास गर्दै आएका २४ वर्षीय गणेश तिवारीले बिहीबार दिउसो साथीसँग लाइभ भिडियो वार्ता गर्दै आत्महत्या गरेका हुन् ।
 
परीक्षाको तयारीमा रहेकी साथीलाई लाइभ भिडियो जोडे । आफ्नै कोठामा बसेर कुराकानी गरिरहेका गणेशले आफ्नो मोबाइललाई साथीसँग लाइभ भिडियो मोडमा नै राखेर वार्ता गर्दै झुण्डिएर आत्महत्या गरे । दूरबिन नेपालले ती विद्यार्थीसँगै बसोबास गर्दै आएका कृष्णलाई उध्रित गर्दै लेखेको छ– ‘एकजना केटी विद्यार्थी साथीसँग भिडियो लाइभमा कुरा गर्दै आत्महत्या गरेछन् । लाइभ कुराकानी कै बिचमा गणेशले आत्महत्या गरे भन्दा मलाई पनि विश्वास लागिरहेको छैन । तर त्यो भिडियो प्रहरीले प्राप्त गरिसकेको छ ।’
 
गणेशले जीवनको अन्तिम लाइभ संवाद गरेकी केटी साथीसँग प्रहरीले आवश्यक जानकारी लिइसकेको छ । सनाखत, पोष्ट मार्टम र आवश्यक अनुसन्धान प्रक्रिया पुरा गरेपछि शनिवार प्रहरीले गणेशको शव नेपालीहरूको स्थानीय संस्था सन्निसगरमाथा समाजलाई अन्तिम संस्कारका लागि बुझाउने भएको छ । गणेशका परिवारका सदस्यलाई अन्तिम संस्कारका लागि अमेरिका बोलाउने तयारी भइरहेको छ ।नेपाली केटी विद्यार्थीसँग गणेशले परिवार भित्रको समस्याले आफू तनावमा परेको बताएका छन् । उनले नेपालमा मनपराएकी एक जना केटीसँग पारिवारिक नाता जोडिएपछि उनी तनावमा थिए ।
 
पछिल्लो समय गणेश सानफ्रानसिस्को साउथ बे एरिया रहेको सेभेसन्ट सिक्स ग्यास स्टेसनमा काम गर्दै थिए । क्यालिफोर्निया आउनु अगाडि उनी मिनिसोटा स्टेट युनिभर्सिटीमा कम्प्युटर साइन्समा अध्ययनरत थिए । तीन वर्षबीचमा चार जना नेपाली विद्यार्थीले सानफ्रानसिस्कोमा आत्महत्या गरिसकेका छन् । तीन महिना अगाडि गत सेक्टेम्वरमा अर्का नेपाली विद्यार्थी सन्जित भट्टले समुन्द्रमा हामफालेर आत्महत्या गरेका थिए ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार