अमेरिकामा शक्तिशाली भूकम्प

अमेरिकामा शक्तिशाली भूकम्प
 
अमेरिका । अमेरिकाको अलस्का राज्यमा गत नोभेम्बर ३० तारिक  शुक्रबार ७ रेक्टर स्केलको भूकम्प गएको छ ।  मानवीय तथा भौतिक क्षतिको पूरा विवरण प्राप्त नभए पनि अलस्का राज्यका थुप्रै घरहरु भात्किनुका साथै सडकहरुमा धाँजा फाटेर भात्किएका छन्   । भूकम्प अलास्का  राज्यको चर्चित शहर एंकोरेचबाट ८ माइल उत्तरमा केन्द्रबिन्दु भएर गएको थियो ।
 
यु एस् जुलोजिकल सर्भेले बिभिन्न समाचार संस्थालाई जानकारी दिए अनुसार शुक्रबार गएको उक्त भूकम्प  सन १९६८ यताको ठूलो भूकम्प हो ।  शुक्रबार  यता अलास्का मा १ सय ९० पटक पराकम्पन गएको छ । भूकम्पपछि अलास्का गभर्नर बिल वाकरले राज्यमा प्रकोप घोषणा गर्दै व्हाईट हाऊससँग आफु सिधा सम्पर्कमा रहेको जनाउदै ट्वीट गरेका थिए ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार