पूर्व राजा ज्ञानेन्द्रलाई पार्टीमा अफर

पूर्व राजा ज्ञानेन्द्रलाई पार्टीमा अफर

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टीमा आवद्ध हुन अफर आएको छ । शाहलाई हाम्रो पार्टी नेपालका संयोजक गोविन्द बोहोराले पूर्वराजा ज्ञानेन्द्रलाई आफ्नो पार्टीमा आवद्ध हुन आग्रह गरेका हुन् । उनले पूर्व राजा ज्ञानेन्द्रलाई पनि राजसंस्थाको वकालत चीन र भारतमा गएर नगर्न चेतावनी दिए । ब्रम्हाण्डले भने,‘पूर्वराजा ज्ञानेन्द्रले राजसंस्थाकै वकालत गर्ने हो भने चीन र भारत जानुको साटो नेपाली जनताहरुको बीचमा गएर गरुन्। ’

मुलुकको हितविपरित रहेका वैदेशिक शक्तिहरुलाई परास्त गर्ने र हराएको नेपाल राष्ट्र खोज्ने र लुकाईएको नेपाल राष्ट्र खोस्नेलगायतका आफ्ना मुख्य नीति तथा संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।  उक्त पार्टीले यस्तो नीति तथा संर्घषका कार्यक्रमहरु अघि सारेको हो । उसले संघीयता र धर्मनिरपेक्षताले मुलुकलाई नै सिध्याउने भन्दै यी दुईलाई आणविक बमको संज्ञा दिएको छ ।

तर, शाहले भने केही प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।

 

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार