प्लस टु फेल सन्दिप लामिछाने कसरी भए ब्याचलरमा भर्ना ?

प्लस टु फेल सन्दिप लामिछाने कसरी भए ब्याचलरमा भर्ना ?
प्लस टु फेल सन्दिप कसरी भए ब्याचलरमा भर्ना

प्लस टु मा म्यानेजमेन्ट लिएर अध्ययन गरेतापनि फेल भएका चर्चित क्रिकेटर सन्दिप लामिछाने ब्याचलरमा भर्ना भएका छन् । कलेजमा उनले एउटा भारतीय कलेजबाट प्लस टु पास गरेको सर्टिफिकेट पेश गरेका छन् । सो कलेजको नाम उनले खुलाउन चाहेनन् ।

नाम नखुलाएतापनि लामिछाने मंगलबार बौद्धस्थित जेभियर इन्टरनेसनल कलेजमा आफैं पुगेर भर्ना फारम भरेका छन् ।

कलेजका अनुसार सन्दीप मानविकी संकाय अन्तरगत बीएसडब्लु (ब्याचलर इन सोसल वर्क)मा भर्ना भएका हुन् । उनलाई तीन वर्षे कोर्सका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिएको कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले बताए । सन्दीप जेभियर इन्टरनेसनल स्कुल र कलेजका ब्रान्ड एम्बासडर पनि हुन् ।

सो कलेजले गरीब, विपन्न वर्गका विद्यार्थीलाई २० प्रतिशत छात्रवृत्ति दिने गरेको छ । सन्दीपले खेल क्षेत्रमार्फत देशको इज्जत बढाएकाले उनलाई सम्मानस्वरुप पूर्ण छात्रवृत्ति प्रदान गरिएको भण्डारीको भनाइ छ ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार