बालिका बन्धक बनाएर बलात्कार गर्ने नेविसंघका नेता यसरी पुगे प्रहरी फन्दामा

बालिका बन्धक बनाएर बलात्कार गर्ने नेविसंघका नेता यसरी पुगे प्रहरी फन्दामा
 
नुवाकोट, मंसिर १९ । विद्यार्थी संगठनको काम भनेको गुणस्तरीय शिक्षामा सम्वन्धित निकाएको ध्यान पुगेको छ कि छैन ? छैन भने उनीहरुलाई खवरदारी गर्ने, नेतृत्वले गरेको कमजोरीलाई खवरदारी गर्ने लगायत हुन् । तर, पछिल्लो समय विद्यार्थी संगठनको ध्यान त्यतातिर जान सकेको छैन । बरु धाकधम्की दिएर चन्दा असुल्ने, गलत क्रियाकलापमा संलग्न हुने जस्ता कुरामा बढी ध्यान जान थालेको छ । अझ नेपाल विद्यार्थी संघ नुवाकोटका केही विद्यार्थी नेताको हर्कत सुन्ने हो भने त कलाली लाग्दो छ । नुवाकोका ५ बालिकालार्इ बन्धक बनाएर बलात्कार गरेको आरोपमा नेपाल विद्यार्थी संघका दुर्इ नेतासहित चारविरूद्ध जिल्ला अदालत नुवाकोटमा मुद्दा दायर भएको छ । प्राप्त जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय नुवाकोटले लामो अनुसन्धानपछि बालिका बलात्कारको अभियोगमा सरकारी वकिल मार्फत मंगलबार अदालतमा मुद्दा दर्ता गरिएको हो ।
 
नुवाकोट आदर्श बहुमुखी नेविसंघका पुर्व ईकाई अध्यक्ष बादलमान श्रेष्ठ र नुवाकोट आदर्श बहुमुखी क्याम्पस नेविसंघका ईकाई उपाध्यक्ष तथा नेविसंघ नुवाकोटका जिल्ला सदस्य रविन थापा तथा सुर्खेत भेरीगङ्गा नगरपालिका–१२ का निर्मल विश्वकर्मा र नुवाकोट लिखु गाँउपालिका–४ चौघडाका विकास प्याकुरेलविरूद्ध मुद्दा दर्ता भएको हो । नुवाकोट प्रहरीका अनुसार मुद्दा दर्ता गरिएका चारै जनालार्इ मानव बेचबिखन तथा ओसारपसार अभियोग समेत अभियोग लगाइएको छ ।
 
कात्तिक तेस्रो साता नुवाकोटका पाँच किशोरीलाई भारततर्फ लैजाने क्रममा बट्टारस्थित एक होटलमा राति राखेर त्यहाँ बलात्कार गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जानकारी दिएको छ । यही कात्तिक २१ गते बुधबार देउसी खेल्न हिँडेका १३ देखि १६ वर्ष उमेर समूहका ती किशोरीलाई प्रहरीले बन्धक बनाएको अवस्थामा सुर्खेतबाट उद्धार गरेको थियो ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार