शृङ्खला मिस वर्ल्डको टप ३० मा

शृङ्खला मिस वर्ल्डको टप ३० मा

काठमाडौं । मिस नेपाल शृङ्खला खतिवडा मिस वल्र्ड प्रतियोगिताको टप ३० मा पुग्न सफल भएकी छिन् । उनका लागि भोट हाल्ने क्याम्पेन जारी नै रहेको भए पनि अब उनलाई दिएको मत काम लाग्ने छैन । उनले आफ्नो बौद्धिक क्षमतामार्फत अगाडिको यात्रा तय गर्नु पर्नेछ । आउँदो डिसेम्बर ८ मा हुने फाइनल प्रतियोगितामा सुरुमा टप १५ प्रतिस्पर्धी छानिनेछन् । त्यसबाट टप पाँच छानेर विजेतासहित फष्ट र सेकेन्ड रनर अप चयन गरिनेछ ।

खतिवडाका लागि नेपालका विभिन्न नेता लगायत विभिन्न देशमा बसोवास गर्ने नेपालीले गरेको भोटिङ क्याम्पेनको उपादेयता भने सकिइसकेको छ । उनी हेड टु हेड च्यालेन्जमा भोटिङमार्फत टप २० मा पर्न सफल भएकी थिइन् । तर, अन्त्यमा मिस सिंगापुरसँग पराजित भएपछि उक्त क्याटोगोरीबाट उनी टप ३० मा छिर्न सकिनन् । त्यसपछि मल्टी मिडिया अवार्ड जितेर उनी टप ३० भित्र समावेश भइन् । यो अवार्ड उनले सोसल मिडिया प्लेटफर्म, अडियन्स इन्गेजमेन्ट, क्रिएटिभ कन्टेन्ट र इन्फ्लुएन्सका आधारमा पाएकी हुन् । यस्तै, खतिवडाले ब्युटी विथ ए पर्पोज अवार्ड पनि जितेकी छिन् । सर्टलिष्टमा परेका २५ प्रतिस्पर्धीलाई उछिनेर उनले यो अवार्ड जितेकी हुन् ।

यसअघि मिस नेपाल सन् २०१३ इशानी श्रेष्ठ मिस वल्र्डको टप १० सम्म पुग्न सफल भएकी थिइन् । त्यसबेला पनि उनले ब्युटी विथ ए पर्पोज अवार्ड जितेकी थिइन् । गतवर्षकी मिस नेपाल निकिता चन्दक पनि टप ४० सम्म पुगेकी थिइन् । यस वर्षको मिस वल्र्ड चीनको सान्यामा भइरहेको छ ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार