एन–४०० निवेदन अस्वीकृत भए ३० दिनभित्र अपिल गर्न मिल्छ

एन–४०० निवेदन अस्वीकृत भए ३० दिनभित्र अपिल गर्न मिल्छ
रमेश श्रेष्ठ

अमेरिकामा विनाभिसा आएको भनी मलाई सन् २००५ मा जेएफके एयरपोर्टमा पक्राउ गरिएको थियो । वकिलको सहयोगबाट मेरो शरणार्थीको निवेदन स्वीकृत भएको थियो । शरणार्थीको आधारमा नै ग्रीनकार्ड पनि प्राप्त गरें । साथीहरुको मद्दतअनुसार एन–४०० निवेदन आफैंले तयार गरी युएससीआईएसमा पेश गरेको थिएँ । गएको हप्तामा मेरो सिटिजनसिपको अन्तरवार्ता भयो । मेरो अन्तरवार्ता लिने अफिसरले अंग्रेजी, इतिहास र अमेरिकी सरकारसम्बन्धी पास गरे भन्यो । तर, मेरो सिटिजनसिपको निवेदन हाल एप्रुभ गर्न नमिल्ने भनी पेन्डिङमा राखेको छ । पत्रद्वारा मेरो निवेदनको नतिजा पठाइनेछ भनी भनेको छ । मेरो निवेदनमा के कमी कसर भएको हो, बुझ्न सकिन । अब के हुन्छ होला ? यदि मेरो निवेदन अस्वीकृत भए के गर्न सक्छु होला ? उत्तर दिनुहुन्छ भन्ने आशामा छु ।

– निमा लामा, ब्रुकलिन, न्यूयोर्क

निमाजी, विभिन्न तरिका वा माध्यमबाट ग्रीनकार्ड प्राप्त गर्ने विदेशी नागरिकहरुले नेचरलाइजेसनको आधारमा अमेरिकी नागरिकता प्राप्त गर्न सक्नेछन् । अमेरिकी अध्यागमनको कानूनअनुसार नेचरलाइजेसन भनेको अंग्रेजी, अमेरिकी इतिहास र सरकारसम्बन्धी ज्ञानको परीक्षा मात्र नभई सो निवेदकले कसरी वा कुन आधारमा ग्रीनकार्ड प्राप्त गरेको हो भन्ने कुराको पनि गहन अनुसन्धान गर्ने प्रक्रिया हो । यस अनुसन्धानको सिलसिलामा यदि युएससीआईएसले त्यस निवेदकले उसको ग्रीनकार्ड सही तरिकाले प्राप्त नगरेको वा ग्रीनकार्ड प्राप्त गर्दाको प्रोसेसमा अनियमितता देखेमा सो ग्रीनकार्ड गैरकानूनी अर्थात् अन ल फुली प्राप्त गरेको भनी ठहर गर्नेछ । त्यस अवस्थामा युएससीआईएसले एन–४०० निवेदन अस्वीकार गर्ने मात्र होइन उक्त निवेदकलाई रिमोभल प्रोसिडिङमा हाली इमिग्रेसन कोर्टमा पनि पठाउन सक्नेछ । अर्थात् डिपोर्टेसनका लागि कारबाही शुरु गर्न सक्नेछ । अब तपाईंको केसमा तपाईं आफैंले एन–४०० निवेदन तयार गरी पेश गर्नुभएकोले त्यस निवेदनमा के त्रुटि हुन गयो भनेर यकिनका साथ भन्न सकिन्न । यदि त्यस्तो गम्भीर त्रुटि नभएको भए र तपाईंले असाइलम र ग्रीनकार्ड सही ढंगले प्राप्त गर्नुभएको भए तपाईंको एन–४०० स्वीकृत हुन सक्छ । यदि तपाईंको एन–४०० निवेदन अस्वीकृत भए ३० दिनभित्रमा अपिल गर्न सक्नुहुनेछ । अपिलको स्थिति आए अनुभवी वकिलको सहयोग लिन सुझाव छ ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार