अमेरिकामा कांग्रेसको क्रियाशील सदस्य कति ?

अमेरिकामा कांग्रेसको क्रियाशील सदस्य कति ?

न्यूयोर्क । यसै साता न्यूयोर्कमा नेपाली जनसम्पर्क समितिले नेपाली कांग्रेसको तर्फबाट क्रियाशील सदस्यता वितरण ग¥यो । अबको २ वर्षमा हुने पार्टीको १४औं महाधिवेशनको तयारीका लागि भने यो क्रियाशील सदस्यता वितरण गरिएको होइन । जुन सदस्यता वितरण गरियो त्यो विगतमै भैसकेको पार्टीको १३औं महाधिवेशनका लागि थियो ।

तर, आगामी २ वर्षमा हुने पार्टीको महाधिवेशनका लागि पनि क्रियाशिल सदस्यता वितरण गर्ने तयारी भइरहेको समितिका महासचिब मुनिन्द्र नेम्वाङले जानकारी दिए । ‘नयाँ सदस्यता र नबीकरण गरिएको सहित हालसम्म ७ सय ५६ जनालाई बितरण गरिसकेका छौं,’ उनले भने, ‘पार्टीको १४ औं महाधिबेशनको लागि अब वितरण गर्नेछौं । जनसम्पर्क समितिका अमेरिकाभर भएका २८ च्याप्टरमै वितरण गर्नका लागि पठाइसकिएको छ ।

पार्टीको १२ औं महाधिबेशनदेखि सुरु गरिएको सदस्यता बिस्तार बढ्दो छ । सन् २०१४ को तथ्याङ्कअनुसार हालसम्म अमेरिकामा नेपाली कांग्रेसका करिब ८ हजार साधारण सदस्य छन् ।

क्रियाशिल सदस्यता लिनका लागि पार्टीको साधारण सदस्यता लिएको ३ वर्ष पुगेको र पार्टीका गतिविधिमा सक्रिय रहेर काम गरेको हुनुपर्छ । योग्यता पुगेकाले मात्रै २५ अमेरिकी डलर सहित आबेदन हाल्न पाउनेछन् भने आबेदनमा छलफल भएर पार्टीका बरिष्ठ नेताहरुको सिफारिस पछि पार्टीले अनुमोदन गरेपछि मात्रै क्रियाशिल सदस्यता प्राप्त हुन्छ । ‘क्रियाशिल सदस्यता लिन सजिलो छैन, यसले पार्टीमा विशेष अर्थ राख्छ । क्रियाशिल सदस्यहरु पार्टीका मेरुदण्ड नै हुन्’ उनी भन्छन्, ‘महाधिवेशनमा सहभागी हुन, पदमा उम्मेद्धारी दर्ता गर्न पनि क्रियाशिल सदस्यता लिनु जरुरी हुन्छ ।’

अमेरिकामा क्रियाशिल सदस्यता  लिन र नवीकरण दुबैका लागि २५ अमेरिकी डलर शुल्क लाग्नेछ । क्रियाशिल सदस्य लिएकाले मात्रै महाधिवेशनमा भाग लिन पाउने छन् ।

उनका अनुसार भर्खरै वितरण गरिएको क्रियाशिल सदस्यता १३ औ महाधिवेशनका लागि भएकाले सदस्यताको प्रमाण पत्रमा पूर्व प्रधानमन्त्री स्वर्गिय शुशिल कोइरालाको हस्ताक्षर रहेको थियो । महाधिवेशनमा पार्टी सभापतिको हस्ताक्षर भएको फारम चल्ने भएकाले पूर्व प्रधानमन्त्री कोइरालाको निधन भएपनि हालसम्म उनकै हस्ताक्षर भएको प्रमाण पत्र वितरण गरिएको हो ।

हालका पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर भएको नयाँ क्रियाशिल सदस्यता पार्टीको १४ औं महाधिवेशनको लागि वितरण गरिनेछ । अमेरिकामा रहेको जनसम्पर्क समितिमा अधिवेशन हुने टुङ्गो नभए पनि पार्टीको महाधिवेशनको तयारीमा भने समिति जुटेकै छ । सन् २०१७ को नोभेम्बर २२ मै समितिको कार्यसमितिको ३ वर्षे कार्यकाल सकिएको थियो । हालसम्म समितिको महाधिवेशन गरेर नयाँ नेतृत्व छनौट गरिसक्नु पर्नेमा अझै निर्वाचन हुने छाँटकाँट देखिँदैन ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार