लेखा समितिले साेध्याे : ९३.०५ मिलियनकाे विमानलाइ किन तिरियाे १०८ मिलियन डलर ?

लेखा समितिले साेध्याे : ९३.०५ मिलियनकाे विमानलाइ किन तिरियाे १०८ मिलियन डलर ?
wide body

नेपाल वायुसेवा निगमले ल्याएको वाइडबडी विमान खरिदको मूल्यबारे संसदको सार्वजनिक लेखा समितिले शंका गरेको छ। 

आज बसेको समितिको बैठकमा ९३.०५ मिलियन डलरमा आउनुपर्ने विमानको मूल्य किन १०८ मिलियन डलर पर्‍यो भनी प्रश्न उठाइएको हो। समितिका सभापति भरतकुमार साहले मूल्यबारे प्रश्न उठाएका हुन्।

नागरिक लगानी काेष र सञ्चय कोषले के अाधारमा निगमलाई रकम दिए? भन्दै सांसदहरुले छानबिन मागसमेत गरेका छन्।

दुई वटा ए ३३० २०० वाइडबडी खरिदका लागि प्रतिविमान १०८.१९ मिलियन अमेरिकी डलर भुक्तानी गरिएको निगमको भनाइ छ।

निगमले असार १४ मा पहिलो वाइडबडी विमान र साउन १० गते अर्को वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्र्याएको थियो। निगमले दुई वाइड बडी जहाज २४ अर्ब रुपैयाँमा खरिद गरेको बताउँदै आएको छ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार