नारायणगाेपालले गाउन नपाएकाे त्याे गीत .....

नारायणगाेपालले गाउन नपाएकाे त्याे गीत .....
narayan gopal

नारायणगोपाल नाम सुन्नेबित्तिकै हामिले अजम्बरी गीतका गायक भनेर चिन्छौँ । तर तीनै गायकको एउटा गीतमाथि प्रतिबन्ध लागेको थियो । जुन गीत हो,

‘एक मुठी चामल...’। 

 ‘एक मुठी चामल पाऊँ लौ हजुर जय जय मनाउँला.....’ यसको अन्तिम हरफ थियो, ‘....बिहानीका तारा हामी सर्वहारा, धूलोमा लडी ओढ्दछौं शीतका धारा ।’ पञ्चायती शासनको प्रत्यक्ष निगरानीमा चल्ने रेडियो नेपाललाई पनि हुकुमी शासन चलाउन ठूलो निहुँ चाहिँदैनथियो । सर्वहारा शब्द भएका कारण यो गीतलाई रेडियोमा गाउने अवसर प्राप्त भएन उतिखेर । 

यस्तो थिये प्रतिबन्धित गीत :

शब्द : रत्नशम्सेर थापा
संगीत : नारायणगोपाल
स्वर : शिशिर योगी

एक मुठी चामल पाऊँ लौ हजुर जय जय मनाउँला
धर्म कठै बग्यो कर्मले है ठग्यो, घर घर मगन्ते भेषमा डुल्नै प–यो
एक पेट खान पाए ढोकामा आई जय जय मनाउँला
सुकेको घाँटी रसाउन पाए हे ईश्वर भनौंला

दैवको मार प–यो फूल नफुली झ–यो, टुहुरो बनी नाश विनाश भयो
बाह्रै महिना बाह्रै काल दाता हजुरको जय जय मनाउँला
एक टुक्रा रोटी चपाउन पाए गुन ठूलो मानौंला

बिहानीका तारा हामी सर्वहारा, धूलोमा लडी ओढ्दछौं शीतका धारा
दया जागे माया लागे अवस्थादेखि जय जय मनाउँला
भोकको ज्वाला निभाउन पाए संसार हेरौंला ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार