के, निर्मलाको सामूहिक बलात्कार भएको हो ?

के, निर्मलाको सामूहिक बलात्कार भएको हो ?
nirmala
दुई तिहाई बहुमत प्राप्त सरकारलाई नै सकस पार्ने चर्चित निर्मला बलात्कार र हत्या प्रकरणमा नया संकेत भेटिएको छ । छानविनका लागि खटिएको सिआईबीको टोलीले बुधबार ४ जनालाई पक्राउ गरेसँगै पन्तमाथि सामूहिक बलात्कार भएको हुनसक्ने निष्कर्श तर्फ प्रहरीको ध्यान गएको छ ।
बुधबार साँझ प्रहरीले काठमाडौंमा एक र महेन्द्रनगरमा तीनजनालाई पक्राउ गरि महानगरीय वृत्त महाराजगन्जमा राखेको छ ।
यी चारैजना लागुऔषध दुर्व्यसनी रहेको र केहीले अपराध स्वीकार गरेको प्रहरी स्रोत बताउँछ । तर, डिएनए परीक्षणबाट पुष्टि नभएसम्म औपचारिक विवरण सार्वजनिक नगर्ने प्रहरीले जनाएको छ ।
यसरी मिल्यो क्लु ..
केही युवकले गल्ती आफूहरूले गरेको, तर प्रहरीले अरूलाई दुःख दिएको भन्दै आपसमा कुरा गरेको स्थानीयले सुनेका थिए । तिनै स्थानीयले त्यससम्बन्धी सूचना प्रहरीलाई दिएका थिए । तर, त्यतिन्जेलसम्म चारैजना भारत गएका थिए । चारैजनाको स्केच बनाउन महानगरीय अपराध महाशाखाबाट एक प्रहरीलाई कञ्चनपुर लगिएको थियो । पिछा गर्दै जाँदा प्रदीपलाई काठमाडौंमा र अरूलाई महेन्द्रनगरमा समातिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रदीपसँग सोधपुछपछि अन्य तीनजनालाई महेन्द्रनगरमा प्रहरीले पक्राउ गरेको हो । ‘अहिलेसम्मको सोधपुछमा उनीहरूको संलग्नताको धेरै आधार देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘तर, प्राविधिक पक्ष केलाउन बाँकी छ ।’ चारै जनाको डिएनए परिक्षणको प्रक्रिया सुरु भइसकेको प्रहरी स्रोत बताउँछ ।
घटनालगत्तै उनीहरू महेन्द्रनगरमा बस्न छाडे
घटनालगत्तै उनीहरू महेन्द्रनगरमा बस्न छाडेका थिए । प्राय उनीहरू भारत बस्थे चारमध्ये केही विगतमा पनि अपराधिक गतिविधिमा संलग्न भएको समेत प्रहरी स्रोत बताउँछ ।
लागूऔषध दुर्व्यसनीहरू नियमित गइरहने क्षेत्रमा निर्मलाको शव भेटिएको थियो । पक्राउ परेकाहरू पनि लागूऔषध दुर्व्यसनी भएकाले उनीहरूको संलग्नताको सम्भावना रहेको प्रहरी स्रोत बताउँछ ।
काठमाडौंमा पक्राउ परेका प्रदीपको घर निर्मलाको घरबाट करिब तीन किलोमिटर दुरीमा पर्दछ । लामो समयदेखि लागूऔषध दुर्व्यसनी भएको र उनका बुबा–आमा समेत भारतमा बस्दै आएको सिआइबीका एक अधिकारीले बताए ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार