सञ्चारमन्त्रीले सञ्चारकर्मीसँग रुखो बन्दै यसरी सुनाए सरकारका निर्णय

काठमाडौँ, मंसिर २० । नेपाल सरकार मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना गर्ने, महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवासलाई संग्रहालय बनाउने लगायतका १० वटा निर्णय गरेको छ । गत मंसिर १७ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयबारे जानकारी दिदैँ सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाल भारत एकीकृत भन्सार जाँच चौकी, वीरगञ्जमा स्थापना गर्न जग्गा मुआब्जा प्रदान गर्ने, नेपाल र श्रीलंकाबीच संयुक्त हुलाक टिकट प्रकाशन गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्ने लगायतका निर्णय भएको जानकारी दिए ।
 
त्यस्तै बैठकले ललितपुरको पुल्चोकस्थित अहिले मन्त्री निवास रहेको क्षेत्रमा १० वटा राजकीय अतिथि गृह निर्माण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार मन्त्री बास्कोटाले जानकारी दिए । सरकारले प्रविधिको विकाससँगै ‘फाइप जी’ सेवा सञ्चालनका लागि काम अघि बढाएको पनि उनले जानकारी दिए । यो सेवाको सञ्चालनका विषयमा उजुरी परेपछि झण्डै नौ महिना अख्तियारले छानबिन गरेपछि आवश्यक निर्णय लिन सञ्चारमन्त्रालयलाई जिम्मेवारी दिएपछि फाइप जी सेवा सञ्चालनको प्रक्रिया अघि बढाइएको मन्त्री बास्कोटाले जानकारी दिए । अबको एक वर्षभित्र सेवा सञ्चालन गर्न सरकार दृढताका साथ लागेको भन्दै मन्त्री बास्कोटाले यसको सम्पूर्ण खाका एक हप्तापछि सार्वजनिक गरिने बताए । सरकारले आफ्नै गतिमा काम गरिरहेको भन्दै मन्त्री बास्कोटाले सरकार काम विस्तारै जनताले महसुस गर्दै जाने पनि बताए । मन्त्री बाँस्कोटाले सरकारका निर्ण सुनाउँदा निकै रुखो रुपमा प्रस्तुत भएका थिए । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार