पदमार्गमा लुट, एक कप पानीकाे मूल्य ५० रूपैयाँ

पदमार्गमा लुट, एक कप पानीकाे मूल्य ५० रूपैयाँ
a cup of water

घान्द्रुक–घोडेपानी–पुनहिल पदमार्गमा रहेका होटेल तथा रेस्टुरेन्टले पदयात्रामा जाने पर्यटकसँग खानाको चर्को मूल्य लिइरहेका छन् । सम्बन्धित निकायले यहाँका होटेल तथा रेस्टुरेन्टमा नियमित अनुगमन नगर्दा होटेलैपिच्छे खानाको मूल्य फरक र चर्को छ ।

 

खाना मात्रै होइन, होटेलहरूले एक घन्टा मोबाइल चार्ज गरेबापत ५० देखि एक सय रुपैयाँसमेत लिने गरेका छन् ।

पोखराबाट घान्द्रुकसम्म मोटरबाटो पुगेको छ । यहाँबाट करिब चार घन्टा हिँडेपछि देउराली र यहाँबाट पनि करिब ५ घन्टा हिँडेपछि घेडेपानी हुँदै पुनहिल पुग्न सकिन्छ । म्याग्दीको उल्लेरीबाट जाँदा उल्लेरीसम्म मोटरबाटो छ । यहाँबाट करिब ३ देखि ४ घन्टाको हिँडाइपछि घेडेपानी हुँदै पुनहिल पुगिन्छ ।

पदमार्गमा रहेका होटेल तथा रेस्टुरेन्टले भने मोटरबाटो नभएको र घान्द्रुकदेखि हरेक सामान बोकेर ल्याउन महँगो पर्न गएको बताएका छन् । सामान ढुवानी गर्दा धेरै मूल्य तिर्नुपरेकाले अलि मूल्य महँगो हुन गएको उनीहरूको भनाइ छ । धान्दु्रक र घेरेपानीबाहेक पदयात्रामार्गमा रहेका अधिकांश होटेल तथा रेस्टुरेन्टहरू सार्वजनिक स्थलमा छन् ।

वातावरणमा प्रभाव पर्ने भन्दै अन्नपूर्ण संरक्षण क्षेत्र (एकयाप)ले घान्द्रुक देखिमाथि मिनरल वाटरको बोतल लैजान रोक लगाएको छ । तर, यही मौका छोपेर यहाँका होटेल तथा रेस्टुरेन्टले स्थानीय धाराको पानी फिल्टर गरी बोतलमा भरेर एक सय रुपैयाँमा बेच्ने गरेका छन् ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार