मादक पदार्थ सेवन गराई १७ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार

मादक पदार्थ सेवन गराई १७ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार
 
काठमाडौँ । अहिले महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको छ । तर, महिलाहिंसाका घटनामा भने खासै कमी आएको छैन । बरुफकर–फरक खालका महिलाहिंसाका समाचार सुनिन थालेका छन् । पछिल्लो जानकारी अनुसार बागलुङमा १७ वर्षीय किशोरीमाथि सामूहिक बलात्कारको शिकार भएकी छिन् ।  जिल्ला प्रहरी कार्यालय बागलुङले १७ वर्षीया किशोरीमाथि तीन जनाको समूहले बलात्कार गरेको घटना सार्वजनिक गरेको हो ।बागलुङ नगरपालिका–४ उपल्लाचौरमा तीन जना युवाले एक किशोरीलाई सामूहिक रूपमा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङले जानकारी दिएको छ ।  प्रहरीका अनुसार २१ मंसिर साँझ बलात्कारको अभियोगमा उपल्लाचौर बस्ने २२ वर्षीय रामु कुँवर, सोही ठाउँका ३३ वर्षीय कासिंगर भनिने हस्तबहादुर खत्री र २२ वर्षीय साजन भनिने डेल्चन कार्की पक्राउ परेका छन् ।
 
तीनै जनाले पीडितलाई हस्तबहादुर कार्कीको घरमा ल्याई जबर्जस्ती मादक पदार्थ (रक्सी) सेवन गराई सामूहिक बलात्कार गरेको सूचनाका आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग