बसन्ती राईको बरको छायाँ सार्वजनिक

बसन्ती राईको बरको छायाँ सार्वजनिक

न्यूयोर्क । अमेरिकी नेपाली समुदायमा चर्चित नृत्याङ्गना बसन्ती राईले ‘बरको छायाँ’ नामक गीत सार्वजनिक गरेकी छिन् । पछिल्लो समय गायनमा पनि सक्रिय देखिएकी बसन्तीको उक्त गीतको भिडियो युट्यूबमा हेर्न सकिन्छ ।

चर्चित गायक जगदिश समाल र राईको स्वरमा रहेको प्रेमिल गीतको रचना गीतकार धन लामाले गरेका हुन् । गायक तथा संगीतकार बिमल डाँगीको संगीत तथा आशिष अविरलको एरेन्ज रहेको गीतको छायाङ्कन शम्भु मोक्तानले गरेको हो ।

नेपालका चर्चित कोरियोग्राफर शंकर बिसीको निर्देशनमा मोडल माया मेलिशा राई, बसन्ती राई र निर्देशक स्वयम्ले अभिनय गरेका छन् ।

 

No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग