मेरो भाइलाई बुबाआमासँगै ल्याउन मिल्छ ?

मेरो भाइलाई बुबाआमासँगै ल्याउन मिल्छ ?
रमेश श्रेष्ठ

मैले आफ्नो बुबाआमालाई फेमिली पेटिसनमार्फत यहाँ ल्याउन लागिरहेको छु । मैले मेरो भाइहरुका लागि पनि युएसआईएसमा पेटिसन फायल गरिसकेको छु । मेरो कान्छो भाइको उमेर अहिले २० वर्ष मात्र रहेको छ । मैले बुबाआमालाई अमेरिका ल्याउँदा २१ भन्दा कम उमेरको उहाँहरुको सन्तानलाई पनि ल्याउन पाइन्छ भन्ने सुनेको छु । यो साँचो हो भने मैले मेरो २० वर्षीय भाइलाई बुबाआमासँगै ल्याउन मिल्छ कि मिल्दैन ? यदि मिल्छ भने कसरी मिल्छ होला ?

– सुधा, मेरिल्याण्ड

सुधाजी, अमेरिकी अध्यागमनको नियमअनुसार युएस सिटिजनले आफ्नो नातेदारहरुमध्ये बुबाआमा र दाजुभाइ, दिदीबहिनीलाई पनि ग्रीनकार्डका लागि फेमिली पेटिसन युएससीआईएसमा पेश गर्न सकिनेछ । बुबाआमा, लोग्ने–स्वास्नी र २१ वर्षभन्दा मुनिका बच्चाहरु नजिकको नातेदार वा इमिडियट रिलेटिभको क्याटगोरीमा पर्दछन् । यी इमिडियट रिलेटिभ (आईआर) क्याटगोरीमा भिसाको कोटा नहुने वा पर्खनु नपर्ने भएकाले ग्रीनकार्डको भिसा करेन्ट वा सधैं उपलब्ध रहनेछ । तर, युएस सिटिजनको दाजुभाइ वा दिदीबहिनीहरु फोर्थ प्रिफरेन्समा पर्नुभएको र भिसाको पालो आउने अर्थमा सबैभन्दा तल्लो क्याटगोरीमा पर्ने हुन्छ । यो भिसा प्रिफरेन्सको कारणले गर्दा दाजुभाइ, दिदीबहिनीहरुलाई १०–१२ वर्षसम्म भिसा पाउन पर्खनुपर्ने स्थिति रहन्छ । तर, इमिडियट रिलेटिभको हकमा ६ महिनादेखि १ वर्षसम्ममा ग्रीनकार्ड प्राप्त गर्न सक्ने पनि हुन सक्छ ।

तपाईंको केसमा तपाईंको बुबाआमाको भिसा पेटिसन प्रोसेस गर्दा तपाईंको भाइ २० वर्ष वा कम उमेर भए तापनि तपाईंको बुबाआमाको नाबालक बच्चा वा छोराको हैसियतले उहाँले ग्रीनकार्ड पाउन सक्नुहुने छैन । यसको मुख्य कारण हो, तपाईंको बुबाआमा तपाईंको निवेदन अर्थात् छोरीले पेश गरेको निवेदनको आधारमा युएस सिटिजनको बुबाआमाको हैसियतले अमेरिकाको पर्मानेन्ट रेसिडेन्ट स्टाटस वा ग्रीनकार्ड प्राप्त गर्न गइरहनुभएको हो । यस अवस्थामा तपाईंको भाइ २१ वर्षभन्दा मुुनि वा अध्यागमनको नियमअनुसार नाबालक भए तापनि तपाईंको निवेदनको आधारमा ग्रीनकार्ड पाउन सक्नु हुने छैन । कारण यथार्थमा यो हुन आउँछ कि फोर्थ प्रिफरेन्स क्याटगोरीको रिलेटिभ वा नातेदार इमिडियट रिलेटिभसरह ग्रीनकार्ड प्राप्त गर्न पुग्नेछ । युएस इमिग्रेसन ल ले दाजुभाइ, दिदीबहिनीका लागि छुट्टै प्रिफरेन्स क्याटगोरी बनाएकाले यो ब्याकडोरबाट हुन सक्ने अध्यागमनसम्बन्धी अनियमिततालाई रोक्ने स्पष्ट नीति बनाएको छ ।

त्यसैले तपाईंको बुबाआमाले ग्रीनकार्ड प्राप्त गर्दा तपाईंको कान्छो भाइ २० वर्षको मात्र भए पनि उहाँले बुबाआमासँगै ग्रीनकार्ड प्राप्त गर्न सक्नु हुने छैन । तपाईंले सुन्नुभएको कुरा सत्य नभएर मात्र अड्कलमा आधारित अफवाह जस्तो मात्र देखिन्छ ।

 

No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग