सामुदायिक भवन निर्माण– नक्सामै अल्झियो रिजउड नेप्लिज सोसाइटी

सामुदायिक भवन निर्माण– नक्सामै अल्झियो रिजउड नेप्लिज सोसाइटी

न्यूयोर्क । न्यूयोर्कमा महापुराण लगाएको १६ महिना बितिसक्यो, तर रिजउडमा नेपाली सामुदायिक भवन र दुर्गा मन्दिर निर्माणको काम अझै सुरु हुन सकेन । दुई वर्षभित्रमा भवन निर्माणको काम थाल्ने बाचा र उद्देश्यका साथ रिजउड नेप्लिज सोसाइटीले न्यूयोर्कमा ‘महापुराण’ लगाएर १५ लाखभन्दा बढी अमेरिकी डलर मौखिक अनुदान संकलन गरेको थियो ।

तर, समय घर्किन लागिसक्दा पनि भवनको नक्सा पास गराउने प्रक्रियामै अल्झेको छ । अझै पनि भवनको नक्सा तयार पारेर बिल्डिङ डिपार्टमेन्टमा पेश गर्न सकिएको छैन । भवन निर्माणको इन्जिनियरिङ विभाग हेरिरहेका सूय लम्साल भन्छन्– ‘लगभग नक्सा तयार भैसकेको छ तर, विभिन्न आर्किटेक्चर र मेकानिकल इन्जिनियरहरुले हेरेर ‘एप्रुभ’ गरेपछि मात्रै औपचारिक रुपमा बिल्डिङ डिपार्टमेन्टमा पेश गर्न सकिने छ । हामी अन्तिम चरणमा छौ केही प्राविधिक कुराले मात्रै रोकिएको हो ।’

उनका अनुसार यतिका समय भवन कस्तो बनाउने, बेसमेन्ट राख्ने कि नराख्ने ?, कति तला बनाउने ? भन्ने विषयमा छलफलमै बित्यो । ‘यो छलफल गर्नेपर्ने बिषय पनि हो । कसैले भवनमा बेसमेन्ट राख्ने भन्छन्, कसैले राख्नु हँुदैन भन्छन् यस्तै साना÷तिना कुराले नक्सा कोर्नै थोरै ढिला भयो’ उनी भन्छन्, ‘अब भने नक्सा तयार भैसकेको छ । डिसेम्बर महिनाको अन्त्य सम्ममा विल्डिङ डिपार्टमेन्टमा पेश गर्ने तयारी गर्दैछौं ।’

हाल तयार भएको नक्सामा भने बेसमेन्ट सहितको चार तले भवन निर्माण गरिनेछ । बेसमेन्टमा भान्छाकोठा बनाइनेछ भने जमिन तलामा कार्यक्रम हल, त्यस भन्दा माथिल्लो तलामा सोसाइटिको कार्यालय र त्यस भन्दा माथि मन्दिर रहने गरि तयार भएको छ ।

भवन निर्माणको लागि छुट्याइएको जग्गाको क्षेत्रफल ४० फिट चौडा र १०० फिट लम्बाइ छ । न्यूयोर्क सिटिको नियमअनुसार भवनको दायाँ र बायाँ ८/८ फिट छोड्नुपर्ने हुन्छ । त्यसैअनुसार भवन निर्माणका लागि जग खनिनेछ । ‘बाहिर पट्टि ठूलो क्षेत्रफल छोडेर नेपाली मन्दिर निर्माण गर्ने चाहाना थियो तर जग्गाको क्षेत्रफल थोरै भएकाले त्यो सब गर्न नसकिने भयो,’ लम्साल भन्छन् ।  

बिल्डिङ डिपार्टमेन्टमा पेश भएपछि पनि प्रक्रिया पूरा गर्दै नक्सा पास भएर आउन ६ महिना जति लाग्ने बताउँछन् सोसाइटीका कोषाध्यक्ष तुलसीराम आचार्य । इन्जिनियरिङ लम्सालले नक्सा अझै पेश हुन नसकेको बताउँदै गर्दा कोषाध्यक्ष आचार्यले भने नक्सा बिल्डिङ डिपार्टमेन्टमा पेश भइसकेको दाबी गरे । ‘नक्सालाई पनि कन्स्ट्रक्सनको रिक्वायरमेन्ट, पम्बिङ लगायत बिभिन्न बिभाजनमा पेश गर्नुपर्ने भएकाले आर्किटेक्चरलको पाटो पेश भइसकेको छ भने केही टेक्निकल विषय र स्टक्चरल बारे पेश हुन बाँकी छ’ कोषाध्यक्ष आचार्यले भने, ‘अलग÷अलग क्याटागोरीमा पेस भइसकेपछि सिटिको नियम अनुसार केही नमिलेमा बिल्डिङ डिपार्टमेन्टले सच्याउनका लागि फिर्ता पठाउँछ । त्यसलाई पुन सच्याएर पठाउनुपर्ने हुन्छ जस्ले गर्दा नक्सा पासको प्रक्रिया नै लामो हुन्छ ।’

अर्कोतिर भवन निर्माण कार्यका लागि भनेर महापूराण लगाएर संकलन गरिएको रकम पनि उठ्न नसकेको उनको गुनासो थियो । ‘अनुदान कबोलेको रकम जुन हिसाबले उठ्नु पथ्र्याे त्यसरी उठ्न सकेको छैन । कसैले कन्स्ट्रक्सन सुरु भइसकेपछि दिउँला भन्छन्, कसैले जग खन्न थालेपछि दिउँला भन्छन् । हामी भने रकम संकलनका लागि निरन्तर ताकेता गरिरहेका छौं’ उनी भन्छन् ।

महापुराणताका न्यूयोर्कमा स्थापित बिभिन्न संघ/संस्था र ब्यक्तिले मन्दिर निर्माणका लागि निकै मंहगो रकम अनुदान बोलेका थिए । कतिपयले रकमको थोरै हिस्सा बुझाएका पनि थिए । यसै सन्दर्भमा प्रवासी नेपाली मञ्चले १ लाख ११ हजार १ सय ११ दिने कबुल गरेको थियो । सुरुका केही महिना मासिक किस्ता स्वरुप रकम बुझाएको पनि थियो । तर, त्यो नियमित हुन सकेन । केही समय पछि त  नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको न्यूयोर्क भ्रमणबारेको बिभिन्न बिबादलाई लिएर अनुदान कबोल गरेको रकम समेत नदिने घोषणा ग¥यो ।    

गत सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभालाई संबोधन गर्न न्यूयोर्क आएका प्रधानमन्त्री ओलीलाई कालो झण्डा÷ब्यानर देखाउन सोसाइटिका अध्यक्ष रबिकिरण कोइराला सक्रिय भएको भन्दै मञ्चले अनुदान स्वरुप बोलेको रकम नदिने भन्दै सामाजिक सञ्जाल मार्फत जानकारी गराएको थियो ।

यसै सन्दर्भमा प्रश्न गर्दा सोसाइटिका कोषाध्यक्ष आचार्य भन्छन्, ‘रकम नदिने भनेर हामीलाई कुनै औपचारिक चिठ्ठी आएको छैन । सामाजिक सञ्जालमा बिभिन्न खाले हल्ला मात्रै भएको हो । अनुदान रकम उठाउन पहल गरिरहेका छौं ।’

नेपाली आप्रवासीको बाक्लो बस्ती रहेको न्युर्योकमा हालसम्म नेपाली समुदायको आफ्नै मन्दिर र सामुदायिक भवन छैन । जसका कारण सानातिना कार्यक्रम गर्नुपर्दा पनि नेपालीले बिभिन्नखाले अफ्ठेरो भोग्दै आइरहेका छन् । नेपाली मन्दिर र भवन बनाउने उदेश्यले सन् २०१० मै सोसाइटिले महापुराण लगाएर रकम संकलन गरेको थियो । उक्त रकमले सन् २०१३ मा मन्दिर निर्माणका लागि आवश्यक जमिन खरिद गरेको थियो ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग