अमेरिकामा बिस्फोटको धम्की !

अमेरिकामा बिस्फोटको धम्की !
 
 
न्यूयोर्क । 
संयुक्त राज्य अमेरिका तथा क्यानडाका विभिन्न शहरलाई लक्षित गरी बम विष्फोटन गराउने  धम्की आएको विषय विहिवार सार्वजनिक भएको छ । 
दुवै देशका सुरक्षा अधिकारीहरुलाई उद्दृत गर्दै समाचार सार्वजनिक भएपछि त्यसले सुरक्षा चिन्तालाई बढाएको छ ।  महाशक्ती राष्ट्र अमेरिकाका थुप्रै  ठुला शहरका बिभिन्न क्षेत्रहरुमा आज बिहीवार एकै पटक बिस्फोटनको धम्की प्राप्त भएको बताइएको छ ।  बिद्युतिय माध्यम ईमेल र फोनबाट अमेरिकाका थुप्रै राज्यहरुमा रहेका बिद्यालय अस्पताल ब्यवसायिक केन्द्र लगायतका सार्वजनिक स्थानहरुमा बिस्फोटनको धम्की दिईएको बिभिन्न समाचार एजेन्सीहरुले जनाएका छन् ।  बिस्फोटनको धम्कीका समाचार देशब्यापी भए लगत्तै अमेरिकाको माथिल्लो सुरक्षा निकाय फेडरल इन्भेष्टिगेशन ब्युरो(एफबीआई)ले बिज्ञप्ती जारी गर्दै आफुहरु ल इन्फोर्र्समेन्टसँग सहयोगको लागि संपर्कमा रहेको जनाएको छ । 
एफ बि आईले बिज्ञप्ती मार्फत सर्बसाधारण ब्यक्तीहरुलाई चनाखो भएर रहन र कुनै शंकास्पद ब्यक्ती र क्रियाकलाप देखिएमा प्रहरी लागायतका सम्बन्धित सुरक्षा निकायमा खबर गर्न अनुरोध गरेको छ । न्यूयोर्क, फ्लोरिडा, ओक्लोहामा, कोलोराडो, क्यालिफोर्निया,म्यासाच्यूसेट्स, भर्जिनिया, मेरिल्यान्ड लगायत दर्जनौ ठुला शहरहरूमा बिस्फोटनको धम्की आएको बताइएको छ । न्युयोर्क प्रहरीले आफनो ट्विटर मार्फत समेत धम्की आएको जनाउँदैं सुरक्षा प्रबन्ध चुस्त बनाइएको जनाएको छ ।  हालसम्म कुनै बिस्फोटनको खबर भने प्राप्त भएको छैन । न्यूयोर्क  स्थित ब्रोंक्स हाई स्कुल अफ साइन्सलाई बिस्फोटनको धम्की पछि ११ बजे खाली गरिएको थियो । धम्कीपछि विभिन्न राज्यमा विहिवार प्रहरी परिचालन बढाई विद्यालय खाली गराउनुका साथैं सार्वजनिक स्थानहरुमा विशेष निगरानी बढाइएको सुरक्षा निकायलाई उद्दृत गर्दै एनविसी न्यूजले आफ्नो समाचारमा जनाएको छ ।  यद्यपी कतिपय राज्यका प्रहरीहरुले अमेरिका भरी सन्सनी फैलाएको उक्त्त बिस्फोटनको धम्कीलाई मजाक वा ब्लफ धम्कीको संज्ञा दिएका छन् ।
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार