महासमिति बैठकको पूर्वसन्ध्यामा देउवा–पौडेलको यस्तो चर्काचर्की

महासमिति बैठकको पूर्वसन्ध्यामा देउवा–पौडेलको यस्तो चर्काचर्की
 
काठमाडौँ,  मंसिर २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की परेको छ ।  महासमितिको बैठकको पूर्वसन्धामा भएको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की परेको हो । देउवाले प्रदेश र संघको निर्वाचनमा पार्टीको हारको जिम्मेवारी लिनु पर्ने भन्दै वरिष्ठ नेता पौडेल समूहले देउवालाई हायल–कायल गरेका थिए । देउवाले भने पार्टीले हारेको जिम्मेवारी सबैले लिनु पर्ने भन्दै पन्छिएका थिए । महासमिति बैठक शनिबार शुरु हुँदै छ । देउवा र पौडेलको चर्काचर्की यो बैठकमा पनि गतिलै गरी उठ्छ भन्ने सन्देश बिहीबारको केन्द्रीय कमिटी बैठकले पनि दिएको छ ।  
 
बिहीकारको बैठकमा पौडेलले संघ, प्रदेश र स्थानीय तहको चुनावमा पार्टी पराजित हुनुमा सभापति देउवाको कार्यशैलीलाई मुख्य जिम्मेवार ठह¥याउँदै आलोचना गर्दा देउवा कड्किएको एक नेताले जानकारी दिएका छन् । पौडेलले देउवाकै कारण सरकार, संसद् र पाटी नेतृत्व कमजोर बनेको भन्दै कार्यशैली सुधार गर्न सुझाव दिएका थिए । 
सभापति देउवा पौडेलप्रति खनिएका थिए । पौडेलसँग मात्रै नभएर आफैँले केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेकाहरुले समेत आफुविरुद्ध आलोचना गरेको भन्दै देउवा आक्रोशित बनेका थिए । 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार