केन्द्रमा नेतृत्व छान्न भोली उम्मेद्वारी

केन्द्रमा नेतृत्व छान्न भोली उम्मेद्वारी
 
डलास ।
नेपाल सांस्कृतिक तथा  आध्यात्मिक केन्द्र (नेपाली मन्दिर) कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि आइतवार उम्मेद्वारी दाखिला प्रक्रिया सकिने भएको छ । एक महिना अघिनैं  निर्वाचनको मिति आउदो डिसेम्वर २३ का दिन तोकिएको छ  । निर्वाचन पछि केन्द्रको कार्यकारीणी समिति तथा बोर्ड अफ ट्रष्टीमा नया नेतृत्व छानिनेछ ।  बैकुण्ठ थापाको संयोजकत्वमा डा. प्रेम अधिकारी र महेन्द्र पौडेल सदस्य रहेको  निर्वाचन समिति बनाइएको छ । 
केन्द्रको वेवसाइट www.ourncsc.org वाट अनलाइन मार्फत उम्मेद्वारी फारम लिन सकिने तथा प्रत्यक्ष रुपमा नेपाली मन्दिर अर्विङमा समेत फाराम उपलब्ध रहेको समितिले जनाएको छ । 
केन्द्रको बोर्ड अफ ट्रष्टीका लागि बोर्ड अफ ट्रष्टीका सदस्य रहेका ५९ जनाले मतदान भए मत दिन पाउनेछन् भने कार्यकारिणी समितिका लागि भने बोर्ड अफ ट्रष्टी सहीत केन्द्रको विभिन्न खालका सदस्य रहेका करिव ६ सय जनाले मत दिन पाउने छन् । 
आइतवार कुनैं पदमा आवश्यक संख्याभन्दा बढी उम्मेद्वारी परेको खण्डमा निर्वाचन समितिले मतदान गराउने छ भने अन्यथा समिति निर्विरोध वन्नेछ । 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार