कुकुर सुम्सुमाउँदा अनुहारमा टाका

कुकुर सुम्सुमाउँदा अनुहारमा टाका
न्यूयोर्क ।   
कुकुर तपाईलाई कस्तो लाग्छ ? नेपालमा कुकुरलाई घरकवजकैं रुपमा मानिन्छ । अहिले त  नेपालमा पनि त्यो भन्दा पनि माथि राखेर कुकुरलाई परिवारकैं हिस्सा जस्तो बनाएर पाल्ने क्रम  बढेको छ । अमेरिका, युरोप,अष्ट्रेलिया लगायतका देशमा त कुकुर र बिरालो परिवारको सदस्य जस्तैं प्रिय देखिन्छन् । उठ्ने देखि सुत्ने समयसम्मको खाने देखि डुल्ने सम्मको व्यवस्थित कार्यतालिका हुन्छ कुकुरको । कुकुरलाई पनि मानिसलाई जस्तैं दैनिकिमा बाँच्न सिकाइएको हुन्छ । 
परिवारको सदस्य जस्तैं हुर्काइएका ती कुकुरप्रतिको प्रेम पनि उस्तैं देखिन्छ । कसैले कुकुरलाई छोयो मात्रैं पनि कुकुरधनी ती मानिसमाथि जाइनैं लाग्छन् । मंगलवार यस्तैं घटना घट्यो न्यूयोर्कको ब्रोक्न्स काउन्टस्थित मेलरोज क्षेत्रमा । अर्काको कुकुरलाई सुम्सुमाएपछि एक महिला घाइते हुनुपरेको छ । उनलाई अनुहारमा टाका लगाउनु परेको छ । 
करिव दिउसो २ वजेतिर बि एक्स २ नम्वरको वसमा यात्रा गरिरहेकी २२ वर्षिया एक महिलाले सँगैं यात्रा गरिरहेकी अर्की महिलाको कुकुरलाई सुम्सुमाएपछि कुटाइ खानुपरेको हो । अन्दाजी ३५ वर्षिया महिलाले उनलाई वसमा नैं कुटपिट गरेकि थिइन् । र वसवाट झरेर ट्याक्सी चढेर भागेकी थिइन् । कालोवर्णकी ती कुट्ने महिलालाई देखे १ ८०० ५७७ ८४७७ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । (एजेन्सीको सहयोगमा)
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग