खण्डहरको गीत

खण्डहरको गीत

समाश्री

काठमाडौं

 

 

वसन्तपछि

आरूको रूख छुन समेत

आमाको प्रतिबन्ध लाग्थ्यो

आरुका केही हाँगामा ससाना गुँडहरू बन्थे

धेरै भयो

अब त्यहाँ कुनै चराहरू आएर गुँड बनाउँदैनन्

सत्य कुरा

आरूको रूख वरिपरि चराहरू नै आउँदैनन्

तर्सिएका छन् चराहरू

भत्किएका छन् गुँडहरू

जसरी अहिले भत्किएको मेरो घर

गुँड भत्किदा पनि

चराहरू कतै स्वतन् कावा खाँदै छन्

त्यसैले मलाई चरा देखेर इष्र्या लागेर आउँछ

मानिस किन चराझैँ स्वतन्त्र हुन सक्दैन ?

चाहेको ठाउँमा गुँड बनाउन सक्दैन ?

 

अहिले पनि

भर्खरै वसन्त आएको

हावामा लहराई रहेको आरूको बोटमा

रङ्गमा सरोवर भएर ससाना फूलहरू पनि फुलेका छन्

आरुका फूलको सुगन्धमा लठ्ठिएर

माहुरीहरू झुम्मिनु पर्ने हो तर छैनन्

आरूफूलको मिठास निमोठदै

हावामा बाक्लो मैलो मिसिएको

सबैले बुझेका छन्

माहुरीहरू मासु डढेको गन्ध रूचाउँदैनन्

 

हामी एक पुरानो कथाको

पर्दा्भित्र राखिएकी राजकुमारी भएका छौ

पर्दा बाहिर हामीलाई कुरूप भनेर चिनाइएको

एक शिक्षक सङ्गीत सिकाउँदै

जसलाई हामीलाई अन्धी भनिएको

बाहिर अशंख्य बन्दुक पडकिँदै

हामीलाई भनिँदै

तिमीहरू मोहक सङ्गीत सुन्दैछौ

हामी सङ्गीतका श्रृजना भनेर दङ्गदास छौँ

 

मैले कुनै दिन तिमीलाई

कफी पियानोको मीठो धुनको वाचा गरेँथे

मलाई माफ गर मित्र

अहिले आफ्नै कोठाको

भग्नावशेषको पाहुना भएको छु

माहुरी बिना मेरो पियानो हमिङ्ग गर्दैन

चरा बिना कुनै सुर साँध्न सक्दिन

अचेल थुप्रै मान्छेहरू माटोलाई गाली गर्दै छन्

यस्तो कोलाहलमा

भन ! तिमीलाई कुन गीत सुनाऊँ ?

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार