समाजको साधारणसभा सम्पन्न, अव विओटी बन्ने

समाजको साधारणसभा सम्पन्न, अव विओटी बन्ने
विश्व न्यूज संवाददाता
टेक्सस । 
नेपाली समाज टेक्सस (एनएसटी) को साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभाले समाजको विधानको केही बुँदाहरु परिमार्जन गर्ने गरी विभिन्न प्रस्तावहरु पारित गरेको छ । 
समाजमा अव बोर्ड अफ ट्रष्टीको गठन हुने भएको छ । समितिको वर्तमान कार्यसमितिले साधारणसभामा बोर्ड अफ ट्रष्टी समाजको अभिभावकीय निकायको रुपमा रहने उल्लेख गर्दै त्यसका लागि ५ हजार डलर शुल्क राखिएको जनाएको थियो । 
 यसैगरी आजिवन सदस्यका लागि १ सय डलर कायम गरी ती  सदस्यले मात्रैं मतदान गर्न पाउने व्यवस्था कायम भएको छ । कार्यसमितिले समाजको कोष अभिवृद्दिमा समेत यसले टेवा पुऱ्याउने विश्वास जनाएको छ । 
साधारण र विद्यार्थी सदस्यलाई समायोजन गरी निशुल्क रुपमा सदस्य बन्न पाउने गरी सहुलियत सदस्यको व्यवस्था गराइएको छ । यी सदस्यले समाजले दिने सबैं सुविधाहरुको प्रयोग भने गर्न पाउनेछन् । सदस्यता वृद्दि तथा कोष निर्माणमासमेत सहयोगी बन्ने अपेक्षा कार्यसमितिले गरेको भएपनि यसलाई व्यवस्थित रुपमा लैजान धेरै सजगता अपनाउन साधारणसभामा बोल्नेहरुले सुझाव दिएका थिए । 
उनीहरुले बोर्ड अफ ट्रष्टीलाई सम्मानित निकाय बनाउनका लागि मापदण्ड तयारगरेर प्रक्रियामा लग्न सहभागिहरुले सल्लाह दिएका थिए । 
यसैगरी, अव समाजको आगामी निर्वाचन पछि १ वरिष्ठ उपाध्यक्ष र डलास फोटवर्थ वरपरका चार क्षेत्रवाट प्रतिनिधित्व हुने ४ उपाध्यक्ष पद थपिने भएको छ । तर चार उपाध्यक्ष भने कार्यसमितिले मनोनयन गर्नेछ । 
समाजका अध्यक्ष सुमन थापाको अध्यक्षता, महासचिव भक्त भण्डारीको संचालन, सचिव परशुराम दाहालको स्वागतमा भएको साधारण सभामा पूर्व अध्यक्षहरु वैकुण्ठ विक्रम थापा, डा. प्रेम अधिकारी,रामसी पोखरेल, भुवन आचार्य, एनसिएससीका बोर्ड अफ ट्रष्टी अध्यक्ष विनय अर्याल , साजन मुल्मी, विकास उप्रेती, पासाङ लामा लगायतले बोलेका थिए । सो अवसरमा समाजका महिला संयोजक आयशा ओझा र युवा श्रद्धा श्रेष्ठले समाजको आगामी कार्यक्रममाथि प्रकाश पारेका थिए । सो अवसरमा महासचिव भण्डारीको प्रतिवेदन र कोषाध्यक्ष अमित शर्माको प्रतिवेदन समेत पाश गरिएको थियो । 

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग