डिसेम्बर ३० मा एनसिएससीको साधारणसभा, विओटीमा अर्याल र कार्यकारीणी समितिमा पोखरेल

डिसेम्बर ३० मा एनसिएससीको साधारणसभा,  विओटीमा अर्याल र कार्यकारीणी समितिमा पोखरेल
विश्व न्यूज संवाददाता
टेक्सस । 
नेपाल सांस्कृतिक  तथा आध्यात्मिक केन्द्र(एनसीएससी)को साधारण सभा डिसेम्वर ३०, आइतवार बस्ने भएको छ । साधारणसभाको अवसरमा आध्यात्मिक केन्द्रको बोर्ड अफ ट्रष्टी तथा कार्यकारीणी समितिमा निर्वाचित नया कार्यसमितिको पदभार ग्रहण कार्यक्रम समेत राखिएको जनाइएको छ । 
 
केन्द्रको बोर्ड अफ ट्रष्टीमा विनय कुमार अर्यालको नेतृत्वमा र केन्द्रको कार्यकारीणी समितिमा  सुरेशचन्द्र पोखरेलको नेतृत्वमा नया समिति निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । वैकुण्ठ विक्रम थापा संयोजक तथा महेन्द्र पौडेल र डा. प्रेम अधिकारी सदस्य रहेको निर्वाचन समितिले जारी गरेको विज्ञप्ती अनुसार बोर्ड अफ ट्रष्टीको अध्यक्षमा अर्याल, उपाध्यक्षमा मनोज सिग्देल र रविन खनाल तथा सचिवमा श्रृजना पोखरेल ढकाल निर्वाचित भएका छन् । 
 
यसैगरी केन्द्रको कार्यकारीणी समितिको अध्यक्षमा पोखरेल, उपाध्यक्षमा अच्युत थापा र सुदीप अधिकारी, महासचिवमा छवी चापागाई, सचिवमा दिनानाथ न्यौपाने, कोषाध्यक्षमा शैलेन्द्र मानन्धर, सहकोषाध्यक्षमा आमोद श्रेष्ठ तथा सदस्यहरुमा भेषराज शिवाकोटी,गगन केसी,हरी अधिकारी र लक्ष्मी अधिकारी रहेका छन् ।
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार