बेराको डायरी ६- लभ्ली लाग्दैछ, अड्कलेर दिंदैछ अमेरिका

बेराको डायरी ६- लभ्ली लाग्दैछ, अड्कलेर दिंदैछ अमेरिका
अच्युत सिग्देल

तेस्रो विश्वबाट स्वर्ग नगरी अमेरिकाको कल्पना गर्दा मन रोमाञ्चक हुन्छ तर त्यहाँ पुगेपछि मात्र वास्तविकता थाहा पाइन्छ, यस्तै भयो उसलाई । एक दुई दिन साथीहरूले छुट्याएको समय सकिएर उनीहरू काममा लागेपछि अत्यासलाग्दो शून्य घर, बिजुलीको रफ्तारमा कुद्ने गाडी, पैदलमार्गी नदेखिने लमतन्ने सडक– आकासको फल चोके न झटारो थियो । कहिलेकाहीँ भाषाको समेत समस्या पर्ने । एक्लो टुरिष्टका लागि त विकसित शहर त घनघोर जंगल बराबर हुने रहेछ । माइक्रोवेभ चलाउन नजानेको, टोस्टर नदेखेको, कफी बनाउन नआउने, वासिङ मेसिन चलाउन नजान्ने र अझै बाहिर नखानेहरूलाई अमेरिका नरक बराबर नै छ ।

डाक्टर, प्रोफेसर साथीले आफ्नो लाइब्रेरीमा लगेर छोडिदिन्थ्यो । ठूला–ठूला एप्पलका मनिटरमा च्याटिङ गरून्जेल एक–दुई घण्टा रोमाञ्चक बित्थ्यो । एओएल, याहु, डिमोज, अल्टाभिस्ता, आस्कजिभासहरूमा वेबसाइट फ्री लिस्टिङ गर्नु, ओपन फोरममा आफ्नो वोस्चर हाल्नु, आएका इन्क्वाइरीहरुको रिप्लाइ दिनु, कम्पनीहरूसँग मिटिङ सेटअप गर्नु, फलोअप गर्नु, एक दुई घण्टाको काम थियो उसको ।

नेपालबाट स्याम्पलिङको लागि पठाएको सामानहरु प्रशस्तै थिए । पस्मिना सल, थाङ्का, क्युरियो गरगहना, माला, मुगा बोकेर डाउन टाउन हानिन्थ्यो ।

फरक बजार, फरक सम्भावना अलग्गै पब्लिक रिलेसनको अर्कै मज्जा थियो उसलाई । कतिपयहरू नेपाल भनेको इट्लीको कुनै शहर बुझ्थे । सगरमाथाको कुरा गर्दा कोही दक्षिण चाइना र कोही भारत हो भन्थे । बुद्ध त सबैले इस्ट एसियाको हो ? भन्थे । नेपाली सामानले चिनिन धेरै गाह्रो थियो उसलाई । मन पराएर किन्नेहरू रिफरल दिन्थे । अलि अलि बिक्दै गरेकोले नेपालबाट बोकेको डलरमा अरू डलर थपिदै थियो । सेल्फ पेई अमेरिकी कल्चर राम्रो थाहा थियो । त्यसमा थप नेपाली उदारपन थपिदिँदा साथीहरूलाई राम्रो कम्पनी मिलेको थियो ।

क्रिसमस र थ्याङ्स गिभिङमा मात्र आवाज सुनिने डाइनिङमा हल्ला चल्न थाल्यो । नेपाली परिकार चाख्दै अबेरसम्म गफिनु, बिहानै स्प्यानीस च्यानलले मात्र देखाउने वल्र्डकप हेर्नु । दिउँसो स्टारबक्स च्यापेर साथीसँग बजार धाउनु । फाट्टफुट्ट नेपाली भएको आशमा कुरा गर्दा मेक्सिकन वा मोरक्कन पर्नु ओहायोको रोजना नै भएको थियो ।

हप्ता बित्यो । ओहायोको वरपर पिट्सवर्गदेखि नायग्रा फल्ससम्मको यात्रा नापे । पछि टेक्सास जानु थियो । जुन महिनाको घामले टेक्सास शहरलाई भकभकी उमालेको के थाहा विचरालाई । अघिल्लो रात अबेरसम्म फेयरवेल पार्टी चल्यो । बिदाइमा खुलेका सिङ्गलमाल्ट नरित्तिएसम्म नेपाली मन किन मान्थ्यो ?

रेशम फिरिरीदेखि पानको पातसम्म उल्था गरिगरी गाइयो । चललेट र स्कटिस ह्विस्की हानेर सोफामै ढल्किएको केटोलाई बिहान सात बजेको फ्लाइट भेट्न कति गाह्रो प¥यो होला ?

बिहान साथीले दिएको कफी सिप नै नलगाई चड्किएको टाउको समातेर क्लिभलेण्ड एअरपोर्टबाट ह्युस्टन एयरपोर्टका लागि प्लेनमा बसेको ऊ झ्यालको सिटमा टाउको समातेर बसेको थियो । सँगै एक साउथ इन्डियन बुज्रुक कपल रहेछन् । छोराको यादले होला ती वृद्धआमा खुबै चासो राख्थिन् उसलाई । उसको हालत ज्यादै नाजुक देखेर सँगै बस्ने वृद्धालाई दया लागेछ । परिचारिकालाई घण्टी दबाएर टु ह्विस्की प्लिज भनें । उसको कानले केवल ह्विस्की सुन्यो । मन अमिलो भएर आयो, जिन्दगीमा अल्कोहल नछुने प्रतिज्ञा ग¥यो, मनमनै ।

अमेरिकामा एयर सर्भिस पनि गज्जबको रहेछ । टिकट सस्तो तर सर्भिसचाहिँ हरिनारायण यो पनि किन्नुपर्ने ऊ पनि किन्नु पर्ने ! एउटा कोक पनि दुई जनालाई बाँडेर दिने । नेपालीलाई सानेवानि प्यारो लाग्ने कारण पनि त्यही होला सायद । परिचारिका आइन् दुई वटा प्लास्टिक कपमा ह्लवास्कि थियो, वेवार्स हुनु पर्छ । सोडा अर पानी ? आइस अर नो आइस ? वृद्ध सोध्दै रहेछन् ।

उसको होस हवास उड्यो । साक्षात बाबु जस्तो लाग्न थाल्यो ती वृद्ध । उसले भन्यो ‘नो थ्याङ्क्यु ...’ वृद्ध भन्दै थिए– ‘आई स्मेल यू, आइरन कट्स आइरन, लेट्स चियर्स ।’

प्लास्टिकको कप हातमा टाँसिइसकेको थियो, केको बरफ, केको सोडा ? उसले एकै खेपमा स्वाट्ट पा¥यो । नभन्दै दुखेको टाउको चट् भयो । उसले वृद्धतर्फ इसारा ग¥यो । वृद्धको सहमति मिल्यो, फेरि घण्टी दबाइयो । परिचारिका आइन् टु मक्यालान ट्वेवेलभ प्लिज... त्यसपछि उसलाई वृद्धा महिलाको याद आयो । परबाट नै अर्डर थियो मेक इट थ्री प्लीज । अर्लि मर्निङ नो ड्रिङ्क्स भन्दै थिइन् महिला । उसले नाउ इट इज इभिनिङ इन इन्डिया ‘सबै हाँसे ।’ ड्रिङ्क आयो, चियर्स भयो । सबै खुले । एक–दुई छिमेकी आइरिस रहेछन् । एक दुई राता घाँटी जस्ता थिए । चार घण्टा बडो रमाइलो बित्यो ।

ह्युस्टन एयरपोर्ट उत्रियो । लिन आउने साथी नभ्याउने भएकाले एअरपोर्ट सटल लिनु थियो । उसलाई वृद्धाले आफूहरू एअरपोर्ट नजिकै बस्ने र आज सँगै बस्न अनुरोध गरिन् । जहाँ जाला जोगी भातै खाला भनेझैं प्लेनको नशा उत्रेको थिएन । चुपचाप पछि लाग्नु नै उचित सम्झ्यो ।

खचाखच ह्युस्टन एअरपोर्ट । भीडभाडमा पनि मुटु कमाउने चिसो एसी थियो । ब्यागेज क्लेममा लगेज लिएर बाहिर के निस्किएको थियो, तन्दुरी ओभनमा पसे जस्तो भयो । बुज्रुकका आफन्त बाहिर कुरेर बसेका रहेछन् । लगेज लिएर दश मिनेटमा नै घर पुगे । बाहिरबाट साधारण देखिने भव्य घर थियो । एकै क्षणमा खाना तयार भयो । सबैले खाना खाए । साधारण हिन्दु संस्कार, मोर्डन परिवार । वृद्ध रिटायर्ड इन्जिनियर रहेछ । अमेरिकामा रहेका छोराछोरीसँग पालैपालो बस्दा रहेछन् । एक छोरी पेशाले डाक्टर रहेछिन् । गतसाल सवारी दुर्घटनामा श्रीमान्को मृत्यु भएकोले अझै उदास देखिन्थिन् ।

एक सालदेखि घरमा कोही हाँसेको रहेनछ । हल्का गफगाफ भयो । बिहानको सोमरशले छोडेपछि सबै अनुशासित थिए । संयम थियो । सबै कमकम बोल्थे तर घरचाहिँ उदास थियो । मन्दिर थियो धुप बालिन्थ्यो तर देवता पनि रून्चे बनेका रहेछन् ।

साँझ ढल्किँदै थियो, वृद्धाले उसलाई चेन्ज गर्न भनिन् । भुइँ तल्लाको साइडमा ठूलो बेडरूम थियो । भित्तामा कसैको फोटो थिएन । एउटा खाली फ्रेम थियो । ‘दिस इज योर होम, फलि फ्रि, आई एम योर सेकेण्ड मदर...’ सुनेर भावुक बन्यो ।

राम्रो बाथरूम रहेछ । हिजोको ह्याङ पखालिनु थियो । उसले नुहाउने निधो ग¥यो, नेपालबाट आफैँले बोकेको डिटोल साबुन थियो । बाहिर जति नै गर्मी भए पनि धारोमा मुटु छोड्ने चिसो पानी आउँदो रहेछ । फ्रेस भएर केही सोच्दै थियो ढोकामा नक गरियो । बुढा हातमा दुई ग्लास बोकेर भित्रै आए । यसपाली शुद्ध बिजुली पानी थिएँ । लिच्ची जुस, कोकोनट वाटरभित्र आलुको सपोन झोल रहेछ । खाली रहेको फ्रेममा अनुमति लिएर एउटा बुद्धको मण्डला थाङ्का टाँसिदियो । हिन्दू गणेशको पनि पूजा हुने हुँदा मण्डलाले सबैमा हल्का खुसी ल्यायो । वातावरण पहिलाभन्दा अलिकति फेरियो । कमल अशोक विनायक रामास्वामी रहेछ उनको नाम । रिस उठेका बेला ज्यादै लाटो रिस उठ्ने भएकाले उनकी श्रीमतीले उनलाई पिल्ली भन्दिरहिछन् । पिल्ली भनेपछि लाजले भुतुक्क हुँदा रहेछ ।

चार चार राउण्ड प्रेमजल ठोकेपछि उसले पनि उनलाई पिल्ली अङ्कल भन्यो । ‘नो पिल्ली, नो अङ्कल जस्ट रामा...’ ३१ इयर्स रामा भन्थे । पिल्ली र हिन्दीको बिल्ली रहेछ । बेलुका हल्का रोटी, तरकारी र दही डिनर खाएर थाकेकोले चाँडै नै सुत्यो ऊ ।

बिहान ८ बजिसकेको थियो । रामाले वल्र्डकप लगाएका थिए । टेकल ब्रेकफास्ट कुरेर बसेको थियो । बाटोमा भेटेको अतिथिलाई दिएको सम्मानको ज्यादा फाइदा लिनु उचित पनि थिएन । नित्यकर्म सक्यो । लगेज तयार थियो । हिँड्ने तरखर गरेर लिभिङ रूमतिर लाग्यो । गुड मर्निङ अङ्कल, रामाले बस्ने इसारा गरे । अमेरिका र मेक्सिकोको गेम थियो । व्रयान मेकव्राइडले गोल गरे । सबै खÞुशी भए उसले जिज्ञासा राखे ‘इन्डियन, नो क्रिकेट, ह्वाई फुटबल ?’ रामा भन्दै थिए ‘आई वाज ए नेशनल प्लेयर एट सकर, आई एम ए नेशनल प्लेयर टू.. बट आई एम च्याम्पियन अफ...’ रामाले हाँस्दै भने यू आर ए बेबी । दुबै हाँसे ।

साई भान्साबाट आइन् । डाक्टर छोरीले भनेको तिमी आज नजानु । सबै सँगै डिनर जाने रे । धरै पछि सबैको मन बहलाउन भगवानले तिमीलाई पठाएको हो रे । आई टोल्ड यू आई एम योर सेकेण्ड मदर । उसले ब्रेड टोक्दै साथीलाई फोन लगायो । अमेरिकी मैयासँग बिहे गरेर लुकेको, कुनै टुङ्गो थिएन साथीको । जसरी पनि भेटेर पैसा उठाउनु थियो । भोलि बिहानै अल्वाकर्कि उड्नु थियो उसलाई । असामञ्जस अवस्थामा थियो । फुटबल चलिनै रहेको थियो, लेनडोन दोनोभानले ६५औं मिनेटतिर दोस्रो गोल गरे । गोल गोल गोल गो...ल स्पानिस एङ्करले श्वास सकिउन्जेल चिच्यायो । इट इज हट आउटसाइड उड यू माइन्ड टू ज्वाइन वीथ मि ? रेफ्रिजिरेटरबाट नेग्रो मोडेलो निस्किसकेको थियो । पटक्क आवाज आयो । साई कराउँदै आई ‘ह्वाटस रङ्ग वीथ दिस वोल्डम्यान ? इज दिस र वियर टाइम ?’

रामाले कुम हल्लाउँदै भने ‘नट मी, दिजयोङ् म्यान वान्टस मी टु ज्वाइन हिम, अस्टिमेट्ली आई एम दी च्याम्पिएन ।’ ऊ हेरेको हे¥यै भयो । कास यस्तो बुढ्यौलीमा यति रोमान्चक आफ्नो बाउ भइदिएको भए ।

लन्च सकेर गफगाफ दिंदादिँदै तीन बजेको थियो । बाहिर गाडी रोकिएको आवाज आयो, पर्दाको छेकबाट चियायो, सेतो आउडी । कसैले केही प्रतिक्रिया दिएन । सरासर एक जना महिला भित्र आएको आवाज जुत्ताले दिँदै थियो । डा. सीमा नै रहेछिन् । सबैलाई हाई, हेल्लो गरिन्, उसले अभिवादन ग¥यो । उमेर लगभग उस्तै थियो । साधारण पहिरन दुवैको जीवनशैली करिब उस्तै उस्तै थियो । नेपालबाट ल्याएको स्वयम्भूको आँखा भएको टिसर्ट उसले एक एक पिस सबैलाई दियो ।

निन्फा मेक्सिकन रेष्टुराँ धेरै सानदार र पुरानो रेष्टुरेन्ट रहेछ । राम्रा मानिसहरूको जमघट रहने चिटिक्क परेको बार । लाइभ म्यूजिक र पराम्परागत कलामा ठाँटिएका मारियाचीहरू । दुई दर्जन जति बाँसुरी जोडेर एकैपटक बजाउँदा निस्कने नौलो बाँसुरी धुन । उनीहरू धेरैपछि बाहिर निस्केका कारण उसलाई आज सरप्राइज दिन मन लाग्यो । बिस डलरमा भव्य बर्थ डे वास आउने रहेछ । अर्को बिस टिप्स र ४१५ मा एउटा गतिलो केक । डा. सीमाको एक महिना अगाडि गएको बर्थ डेको बुकिङ भयो । सबैले डिनर अर्डर गरे । साँग्रियामी लुकेका चेरीहरू हाँस्दै थिए, मैनबत्ती अलिक तेजिलो बलेको थियो । क्यामरामा फोटोहरू बेफिक्री हाँस्दै थिए । लाग्थ्यो उनीहरूको ज्वाइँ अब उनीहरूको दिल दुखाउन फर्केर आउने छैन । वा सामान्य सडक दुर्घटना भयावह बनेर तर्साउन आउने छैन । फेरि वसन्त आउनेछ । फूल फुल्नेछ र सीमा खिल्लखिलाएर हाँस्नेछिन् । दारूको सहारामा खुशी खोज्न बाध्य रामा र साईहरूलाई न्यानो निद्रा पर्नेछ ।

डिजर्टको समयमा मारियाचीको टोली आयो । आदिम मानव सभ्यताको निशानी कुखुराको भालेको प्वाँखले सजिएर लाखे लाखे पारामा ‘फेलिस कम्लियन्नोस’ गाइँदा सीमाको अनुहारभरि ब्लसिङ पोखियो । रून्चे हाँसो हासिन् । बील हिमालय बैङ्कको कार्डमा क्यासिएरले चार्ज गरेर ल्यायो । सार्थक आत्रेय, यू एस डलर अकाउण्ट लेखेको बिल देखेर एक छिन सबै रिसाए । डिनर सकेर सीमाले गाडी हाँकिन, रामा पछाडि बस्न खोज्दै थिए साईले अगाडि बस्ने आदेश गरिन् ।

सीमाले गाडी स्टार्ट गरिन् ‘जिन्दगी एक किरायाका घर है, एक दिन इसे बदल्ना पडेगा’ एक पुरानो कवाली गाना बज्दै थियो । रामाले कुरा छेडिहाले सार्थक बाबु क्या आप घर बदल्ना नहीँ चाहते है ?

उसले फिस्स हाँस्दै भन्यो माँ मिलगई, बाप जैसा दोस्त भि मिल गया, अब मेरेको क्या चाहिए ।

सीमाले थपिहालिन्, कोही लोग है जो गिनतीमे भी नहीँ आते...।

उसले जवाफ दियो– ‘जो दिलमे रहते वो गिनतीमे नहीँ आते ।’

माहौल फेरि रोमान्चक बन्यो । साईले उसको हात चपक्क समातिन् । आई ह्याभ टु टु सन्स बट नेभर ह्याड इन्ट्मेन्सी लाइक यू । थ्याङक्यू फर कमिङ टु अस एण्ड बिइङ ए फ्यामिली ।

साँग्रियाको नशा उत्रिइसकेको थियो । घर आएपछि रामाले हातमा रेगुलर दुई ग्सालको साटो चार लिएर आएछन् ।

उसको भेटघाट र फलोअप बाँकी नै थियो पर्सि बिहान केन्सास सिटी उड्नु थियो । भोलिको स्केड्युल शिजी थियो । विना योजनाको यो पारिवारिक भेटघाटले पूर्व योजना बिथोलिदै थियो । तर नयाँ ठाउँ घरेलु स्नेह । नकार्ने चाहना पनि थिएन ।

ग्लेन्लीभेट रिजर्भ १८ यअर्स, डार्क चकलेट चियर्स ठोकियो । साई आइन् । यु ब्वाइज इभन कान्ट वेट फर अ मोमेन्ट ?

रामाले ऊतिर फेरि औंला तेस्र्याए हि वाज सो डेस्पेरेट् ।

तीनै जना हाँसे । सीमा माथिबाट तल झरिन्, बेलुकाको ड्रेसमा उनको हल्का रोमान्चक मुड बदलिएको थियो । साधारण तर उनी राम्री देखिएकी थिइन् । हल्का बोसो भरिएको टम्म मिलेका शरीर, सेता दाँतमा लहर, एक विशिष्ट अदा धेरै आकर्षणको प्याकेज थिइन् उनी । चबी ।

यो पटक सीमा ऊ नजिक आएर बसिन् । फेरि औपचारिक धन्यवाद दिइन् । ‘मैले भुलेको जीवन जिउन सम्झाइदिएकोमा, घर आएकोमा, आमा बुबाकोमा यति धेरै हाँसो ल्याइदिएकोमा,  घरको सन्नाटा भगाइदिएकोमा ।’ ऊ फगत सुनिरह्यो । एक वर्ष भएछ डिनर खाएपछि सीमा तल नझरेको । सुत्ने गाउन लगाएर ऐना नहेरेको । उनी भन्दै गइन्... ‘यो प्रकृति पनि कति कपट खेल्छ । बुढेशकालमा यसरी रमाउनुपर्ने पापा मम्मी बोल्न र हाँस्न पनि डराउँथे । यो एक दिन पापा मम्मी यति रमाएको देखेर मलाई साँच्चै सकुन आएको छ । आई एम भेरी ह्याप्पी यु केम ।’

रामा छोरीको मनोदशा बुझेर, साईसँगै स्विमिङ पोखरीतिर लाग्छन् ।

सीमा बोल्दै गइन्... ‘प्यारेन्ट्सले सबै दिए, बढाए, पढाए, एमबीबीएस गराए, अमेरिका ल्याए एमडी गराए । छोरीको जिन्दगी राम्रोसँग चलाउन केटा खोजे । रियल इस्टेट व्यापारी राम्रो केटा पाए, छोरीको बिहे गरिदिए । तर, बिहेको दुई तीन महिना नपुग्दै पार्टीबाट फर्कने क्रममा घर नजिकै एक्जिट लिन लाग्दा स्पीडमा आएको ट्रकले हानेर उसको मृत्यु भयो । ड्रिङ्क एण्ड ड्राइभिङको कारण इन्स्योरेन्स पनि मिलेन । चर्को मोर्गेजको नयाँ घर, नयाँ श्रीमती सबै छोडेर गयो ऊ । मलाई थाहा नै छैन ‘वाज हि ए गुड म्यान, कम्पेटिबल फर मी अर नट ? डिड

हि लभ्ड मी अर डिड आई लभ्ड हिम ? खै केही थाहा छैन । आई एम फिलिङ गिल्टी माइसेल्फ, डबल ड्यूटीको कारण कुडन्ट गो टु दि पार्टी, हि इन नो मोर ।’

सीमा हुक्क हुक्क गर्दै थिइन् । उसले सीमाको हात समात्यो सीमा काँधमा मुन्टो राखेर बेजोडले रोइरहिन्... ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग