केही अरु उपाय गर्न सक्छु होला ग्रीनकार्ड पाउनका लागि ?

केही अरु उपाय गर्न सक्छु होला ग्रीनकार्ड पाउनका लागि ?
रमेश श्रेष्ठ

मैले असाइलमको निवेदन पेश गरेका थिएँ । असाइलम अफिसले मेरो निवेदन अस्वीकार ग¥यो । त्यसपश्चात् मेरो केस अदालतमा गयो । मेरो केसको सुनुवाइ इमिग्रेसन कोर्टमा भयो । अदालतले मलाई असाइलम दिन मिल्दैन, तर विथहोल्डिङ अफ रिमोभल भन्ने दिन सक्छ भनेर भन्यो, मेरो वकिलले पनि विथहोल्डिङ भन्ने सुविधा लिए हुन्छ भन्यो । अरु उपाय नभएकाले मैले सो निवेदनको स्वकिृति अर्डर लिएँ । तर, अहिले मलाई पश्चात्ताप भइरहेको छ । के अब केही अरु उपाय गर्न सक्छु होला ग्रीनकार्ड पाउनका लागि ? धन्यवाद ।

– जीवन, अमेरिका

विथहोल्डिङ अफ रिमोभल भनेको त्यस्तो रिलिफ हो, जसले तपाईंलाई अमेरिकामा बस्न र काम गर्ने सुविधा दिन्छ । तर, यसद्वारा ग्रीनकार्ड प्राप्त गर्न सकिँदैन । एकपल्ट अदालतमा गएर सो सुविधा लिइसकेको खण्डमा त्यसको विपरीत जाने वा फेरि असाइलमको निवेदन पेश गर्न पाऊँ भन्न सकिँदैन । टेक्निकली, विथहोल्डिङ अफ रिमोभल भनेको इमिग्रेसन जजले तपाईंको विरुद्धमा रिमोभलको आदेश दिए पनि तपाईंलाई तपाईंको मुलुकमा पठाएको खण्डमा तपाईंको ज्यानलाई खतरा भएकाले तपाईंलाई युएसबाट निष्काशित गरिने कार्यलाई स्थगित गरिएको हो । तर, विथहोल्डिङ स्टाटसमा बसे पनि अन्य तरिकाबाट ग्रीनकार्ड हुने स्थिति भए रिमोभल प्रोसिडिङलाई रिओपन गरी ग्रीनकार्डको निवेदन पेश गर्न सक्नुहुनेछ ।

 

म युएस सिटिजन हुँ । मैले मेरो भाइको लागि ग्रीनकार्डको निवेदन युएससीआईएसमा पेश गर्ने विचार गरेको छु । यदि मैले यो निवेदन पेश गरेको खण्डमा मेरो भाइलाई भविष्यमा बी–१÷बी–२ अथवा एफ–१ स्टाटस लिएर आउनका लागि कुनै बाधा हुन्छ कि हुँदैन ? यदि मेरो निवेदनबाट नै पालो कुर्नुपरे कति वर्षमा उसले ग्रीनकार्ड पाउन सक्छ होला ? उत्तरका लागि धन्यवाद ।

– सञ्जीव, अमेरिका

तपाईं युएस सिटिजनको हैसियतले आफ्नो सहोदर भाइका लागि निवेदन युएससीआईएसमा पेश गर्न सक्नुहुनेछ । तर, यस किसिमको पेटिसनबाट अमेरिका ग्रीनकार्ड लिएर आउनका लागि धेरै वर्ष अर्थात् घटीमा १० वर्ष लाग्नेछ । कारण यो फेमिली प्रिफरेन्स क्याटगोरीमा सबभन्दा तल्लो प्रिफरेन्सको हो । यस किसिमको इमिग्रान्ट आई–१३० पेटिसन दर्ता भइसकेपछि बी–१÷बी–२ वा एफ–१ (स्टुडेन्ट भिसा) पाउन कहिलेकाहीँ कठिनाइ पर्न वा भिसा एप्लिकेसन डिनाइ हुने स्थिति पनि हुन सक्छ । तपाईंले तपाईंको भाइका लागि इमिग्रान्ट पेटिसन दर्ता गरिसकेपछि यो देखिन्छ कि तपाईंको भाइ एक इन्टेन्डेड इमिग्रान्ट हुन र उनी युएसए आएपछि सधैं यहाँ रहने विचारमा हुनुहुन्छ । ननइमिग्रान्ट भिसाहरु (बी–१÷बी–२, एफ–१) भनेको अस्थायीरुपमा अमेरिका आएर जुन उद्देश्यले यहाँ आएको हो, सो काम पूरा गरी आफ्नो देश फर्कने हो । यस्तो अवस्थामा इमिग्रान्ट पेटिसनको बेनिफिसियरीले बी–१÷बी–२ वा एफ–१ जस्ता टेम्पोररी भिसाहरुको निवेदन गर्दा कनफ्लिक्ट अफ इनटेन्ड देखा पर्न आउँछ । अर्थात् इमिग्रान्ट पेटिसनमा देखाएको सधैंका लागि युएसएमा बसोवास गर्ने मनसाय र ननइमिग्रान्ट पेटिसनमा देखाएको अस्थायीरुपमा युएसए गई निश्चित उद्देश्यको काम पूरा गरी समयमा नै आफ्नो मुलुक फर्कने मनसाय बाझिनेछ । यस अवस्थामा युएस कन्सुलेटले पछिल्लो मनसायलाई कम विश्वास र अघिल्लो मनसायलाई बढी विश्वास गर्न सक्दछ । फलस्वरुप युएस कन्सुलेटले यो ठान्दछ कि सो व्यक्ति युएसए आए, उसको नेपाल वा आफ्नो मुलुक फर्किने सम्भावना कम छ । यस्तो कनफ्लिक्ट अफ इनटेन्डको अवस्था पर्न आएमा बी–१÷बी–२÷एफ–१ जस्ता भिसाका निवेदनहरु रिजेक्ट हुने सम्भावना बढी हुनेछ । तपाईंको भाइको केसमा यदि उहाँले निकट भविष्यमा नै बी–१÷बी–२÷एफ–१ भिसाका लागि युएस कन्सुलेट, काठमाडौंमा एप्लाई गर्ने प्लान गर्नुभएको छ भने तपाईंले आई–१३० पेटिसन अहिले यहाँ युएससीआईएसमा नगरेमा उहाँले उक्त भिसा पाउनमा सजिलो पर्न सक्छ । तर, यदि तपाईंको भाइको त्यस्ता टेम्पोररी वा ननइमिग्रान्ट भिसा एप्लाई गर्ने निकट भविष्यमा वा पछि कुनै समयमा गर्ने सम्भावना छैन भने तपाईंको पेटिसन युएससीआईएसमा दर्ता गर्नुभए हुन्छ । किनभने चाँडै लाइनमा बस्नु भए पालो पनि छिटै आउन सक्छ ।

No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग