ग्लोबल नेपाली चलचित्र अवार्डमा कलाकारहरू सम्मानित

ग्लोबल नेपाली चलचित्र अवार्डमा कलाकारहरू सम्मानित

नर्थ क्यारोलिना । ग्लोबल नेपाली चलचित्र, संगीत, सञ्चार तथा सामाजिक अवार्ड–२०१८ मा कलाकारहरु सम्मानित भएका छन् । ग्लोबल नेपाली फिल्मको सहकार्यमा लभ एण्ड सपोर्ट फाउण्डेशनले गत शनिबार आयोजना गरेको अवार्ड कार्यक्रममा वरिष्ठ चलचित्र निर्देशक बन्नी प्रधान, वरिष्ठ संगीतकार बुद्धवीर लामा, लोक गायक तथा अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत, चलचित्र निर्देशक तथा वरिष्ठ सञ्चारकर्मी दिनेश डिसी र भुटानी नेपाली सामाजिक अभियन्ता डिल्ली अधिकारीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ले सम्मान गरिएको हो ।

अमेरिकाको नर्थ क्यारोलिनामा आयोजित कार्यक्रममा नेपाल लगायत विभिन्न राज्यबाट कलाकार र समुदायका अगुवाहरुको सहभागिता थियो । कार्यक्रममा अमेरिकास्थित नेपाली राजदूत डा. अर्जुन कार्कीले नेपाली भाषा, कला, संस्कृतिलाई सम्मान गर्दै आफ्नो भाषा कलाको पहिचान र अस्तित्व जोगाइरहन विदेशमा यस्ता किसिमका कार्यक्रम भइरहनुपर्ने बताए । विदेशमा आइसकेपछि झनै आफ्नो देशको माया लाग्ने बताउँदै उनले बेलाबखत यस्ता कार्यक्रमहरु गर्न आयोजकलाई प्रोत्साहन गरे ।

लोकगायक प्रेमराजा महतले कार्यक्रममा सहभागीलाई गीत सुनाउँदै शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली र भुटानी कलाकारलाई एकै पटक उठाएर अभिनन्दन गरिएको थियो ।

वरिष्ठ लोकगायक तथा सञ्चारकर्मी रामप्रसाद खनाल, चलचित्र पत्रकार भरत शाक्य, निर्देशक नारायण पुरी, महावाणिज्यदूत ऋषि ढकाल, साहित्यकार ज्ञानेन्द्र गदाल, मदन पुरस्कार बिजेता निलम निहारिका कार्की, भुटानी नेपाली सामाजिक अभियन्ता नरेश लावती लगायतलाई अवार्डसहित कदरपत्रद्वारा विशेष सम्मान गरिएको थियो ।

तीन पटकसम्म गिनिज बुक अफ वल्र्ड रेकर्ड विजेता साथै गोल्ड मेडलिस्ट मार्सल आर्ट खेलाडी उज्ज्वल ठकुरीलाई सामाजिक अवार्ड प्रदान गरेको छ । साथै, अन्य सोसियल हिरोको अवार्ड बसन्त खड्का, माधव ढकाल, अमिर अली, प्रदीप ढकाल, बासु फुलारा, धु्रव वन्त र अनु वन्तले पाएका छन् ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग