बेराको डायरी ७— ग्रीनकार्ड अफर र जिम्मेवारी बहन

बेराको डायरी ७— ग्रीनकार्ड अफर र जिम्मेवारी बहन

न्यूयोर्क । सीमाको मुखबाट सिङ्गलमाल्टको मीठो वासना आउँदै थियो । भर्खरै धोइएको मेकअप मधुरो लाइटमा चमक्क चम्केको थियो । लाली पुछिएका कलिला बदामी ओंठ न्यानो भरोसायुक्त सहारा खोजिरहेका थिए । जवानी भरपूर बाँकी नै थियो, रात सुनसान थियो । रामा र साई पनि छोरीको जिन्दगीमा नवीकरण चाहन्थे । वसन्त आओस् खुसियालीको फूल फक्रक्क फुलोस्, भँवराले परागसेचन गरोस् । भान्साकोठादेखि लिभिङरूमसम्म हाँसो, खुसी र रोमाञ्चकता खेलोस् । नयाँ जीवन र नयाँ उमंग काँधभरिको वारिस अनि सन्तानसुख सायद उनीहरूको कर्तव्य नै थियो ।

सिङ्गल माल्ट र साँग्रियाको नशाले मदहोश मदमस्त, बेफिक्री भएकी सीमाका आइस जस्तै जमेका आँशु टुक्राटुक्रा भएर झरेका थिए । सुझिएको कोश, रुँदारुँदै सानो नादान बच्चा जस्ती तिनी सुटुक्क उसको काँधमा नै निदाएकी थिइन् । उनले हातले उसको हात समातेकी थिइन् । वर्षौंपछि कसैको न्यानो अँगालोमा स्वर्णिम आनन्द मिलेको थियो उनलाई ।

एक असल मान्छे त्यो हुन्छ जसले गतल मौकाको फाइदा उठाउँदैन । आफ्नो संस्कार, संस्कृति र कर्तव्य परायणताको रक्षा गर्छ । आफ्ना आफन्त, साथीसंगीको भरोसा नतोड्ने मान्छेहरू नै महान मान्छे बन्छन् । केवल एक–दुई इन्चको दूरीबाट उसले आफ्नो इमान फिर्ता बोलायो । बिस्तारै सीमाको हात हटायो । कुसनको सिरानी लगायो र सुस्तरी सीमालाई सोफामा सुताएर टाउकोमा गुडनाइट मुसार्दै आफ्नो कोठातिर लाग्यो । भोलि बिहानै डाउनटाउन र अर्भिङको एपोइन्टमेन्टका लागि प्रचार सामग्री र ब्रोसर तयार पा¥यो । बेड तयारी अवस्थामा कुरिरहेको थियो, सायद साईले एक दिउँसो हात मारिदिइन् होला कि ?

आधारातमा ब्युँझिदा साईलाई छोरीको याद आयो वा लामो–छोटो के लाग्यो । लिभिङरुम छिरिन्, सीमा कुसनको तकियामा सल ओढेर आरामसँग सुतिरहेको देखिन् । वर्षांैपछि सोफाले तातिने मौका पाएको र लिभिङरूममा रौनकता छाएकोमा हर्षविभोर भइन् । पानी पिइन् र आफ्नो कोठातिर लागिन् । रामा आफ्नी श्रीमतीको आगमनलाई बेवास्ता गरेर अर्कोपट्टि फर्किए ।

‘वल्टी ! डोन्ट ओभर एक्ट, आई नो यू ह्याभ नट स्लेप्ट एट !’ साई बोलिन् ।

रामा– ‘ह्वाट दि एफ...आई सपोज टू डु एट दि नाइट ?’

ह्वाट डु यू थिङ्क एबाउट दिस गाइ ? साईले कौतुहलता पोखिन् ।

हुँ, योर न्यु सन ? रामाले भित्तातिरै फर्किएर सोधे ।

डन्ट यु सी हाउ अडोरेबल हि इज ?

उड दे कम्पेटिबल इच अदर्स ? साई अझै तन्किइन् ।

एकछिन सन्नाटा छायो, भित्ताको घडीसँगै उनीहरूको धड्कनको धकधक बजेको सुनियो ।

रामा– गड नोज, हि इज नाइस गाइ, लभ्ली ब्वाई दोअ ।

साई– हि माइट वी इन्ट्रेसटेड फर ग्रीनकार्ड । एकछिन दुवै बोलेनन् खै के–के सोचिरहे ।

हि इज लिभिङ अ डे आफ्टर, लेट मी टक टु हिम । साईले सोधिन् । रामाले कुनै प्रतिक्रिया दिएन ।

बिहान सबेरै उठेर उसले कफी बनायो । स्टार बक्स रोस्टेड ब्लेण्डले घरभरि आफ्नो पराक्रम छरिन् । कोठा कोठा कफिमय अरोमा छायो । ब्ल्याक कफी लिएर लिभिङरूप छि¥यो । सीमा उठिन् । रातभर राम्रो राम्रो सपना देखिन् होला कि रोएर फुलेका आँखामा पनि सुनौलो रोमाञ्चकता छल्किएको थियो । उसले डा. गुड मर्निङ भनेर हातमा कफी थमाइदियो । सीमाले बस्ने ठाउँ बनाउदै उसको हात तानिन् । ऊ सोफामा नबस्दै सीमा टाँसिइन। थेङ्क्यु फर एभ्रिथिङ । आई फिल रिलिफ्ट, लाइटेन्ड, स्ट्रेस लेस एण्ड डिसाइडेड टु टेकिङ अफ टुडे । आई एम गन वी विथ यू ।

दुई दिनको भेटमा उनीहरूको सम्बन्ध धेरै गाढा बनिसकेको थियो । घनिष्टता बढेर पुराना साथीझैं बनेका थिए । समानता धेरै थियो मानौं बिछोडिएका टुइन्स थिए उनीहरू ।

‘गौडामा गाड पडन्छ, पौडिन्या हैन तरिन्या छौ । लक्ष्य पुग्न बाटोमा आउने समस्यामा फस्ने हैन पार गर्न सक्नुपर्छ । पृथ्वीनारायण शाहलाई वास बस्दा घरपेटी आमाले दिएको दिव्य वचन ताजा याद बनेर आयो उसलाई । सीमा एक वैकल्पिक मार्ग बन्न सक्थिन् तर असली जिन्दगीको यात्रा पहिला नै तय भइसकेको थियो । चौतारीको तम्बाखु गफमा भुलेर धेरै समय बिताउन बिल्कुल उचित थिएन ।

कर्डलेस र डायरी बोकेर आफ्नो कोठाभित्र छि¥यो। फटाफट फलोअप कल ग¥यो । नेपालदेखि पैसा उठाउन बाँकी रहेका साथीहरु फोनमा नै आएनन् । प्रायः सबैको फोन एन्सरिङ म्यासेजमा जान्थ्यो । कोही भेट भइहाले बिजी छु, काममा छु, पछि गर्छु भन्थे । तर, कसैको कल फर्किने आशा नै थिएन । कपडामा आइरन लगायो, टाई बनायो, ब्याग भिरेर लिभिङ रूम निस्कियो । पूर्व निर्धारित समय तालिकाअनुसार बाहिर गाडी आइसकेको थियो । साईलाई बाई ग¥यो ब्रेकफास्ट तयारी रहेछ । उनले डाइनिङ रुममा बसाइन् । मल्टी ग्रेन टोस्टेड ब्रेड, सटेड एगप्लान्ट, मिक्स ग्रिन र पोच्ड एग, स्वीट पोटेटो अन साइड र होममेड फ्रुटपन्च भीभीआईपी अर्गानिक अमेरिकन ब्रेक फास्ट । दिनभरिको कोटा पुगेको थियो उसलाई ।

मर्निङवाकमा गएका रामा फर्किएका थिएनन् । सीमा बाथरूममा थिइन्, उसले साईलाई हग दियो, झुकेर आदरभाव जनायो, सीयू मम, बाई भन्दै निस्कियो । साई हात हल्लाउँदै मस्किइन्, गाडी सडकमा हावा उडाउँदै डाउनटाउन लाग्यो ।

नेपाल, टिबेट, भुटान, ले– लदाक र माउण्ट कैलाश टुर अपरेटरहरूसँग डाउन टाउन मिरियट मार्किजको वि लनमा प्रिजेन्टेशन भयो । भारतीय कम्पनीहरूको प्रभुत्व रहेको नेपालको पर्यटन व्यवसायको मार्केटिङ ज्यादै कठिन कार्य थियो । उसले भारतीय बेस्ड कम्पनीले धेरै कमिसन लिने र सर्भिस बेस सर्भिसेजहरुले स्तरीय ज्याला दिने नगरेको, गाइड, पोर्टर्स र शेर्पाहरूले न्यूनतम ज्याला नपाएको, एकोमोडेसन स्तरीय दिन नसकेको, कमिसन धेरै र सर्भिसिङ कस्ट कम विनियोजन गर्नुपर्ने बाध्यताले सर्भिस क्वालिटीमा ह्रास आएको आदि कारणले गर्दा ट्राभल एजेन्टहरूलाई डिस्टिनेसन बेस्ड कम्पनी लिन सल्लाह दियो ।

‘नेपालको पर्यटन उद्योग सेवा र सुविधाको हिसाबले अन्तर्राष्ट्रिय स्तरको रहेको र दक्षिण एसियामा सबैभन्दा राम्रो रहेको बतायो । सर्भिस खर्चभन्दा कमिसन ज्यादा हुने कारणले गर्दा हवाई टिकट इन्टरनेटबाट हुने र एजेन्टको रोल सकिने कुरा बताउँदा धेरैले सहमति जनाए । एक घण्टाको पावर प्रेजेन्टेसनपछि दुई तीनवटा कम्पनीसँग बिजनेस टाइअप भयो ।

उसले नयाँ कैलाश आइटेनरी पनि प्रस्तुत ग¥यो । माउण्ट कैलाश नेपालको हुम्ला भएर चलाउने त्यसले दुई किसिमको फाइदा हुने–

१, कम समय र सस्तो म्यान पावर र गुणस्तर सेवा ।

२, पश्चिम नेपालको विकास, रोजगार र स्थानीय संलग्नता ।

काठमाण्डूमा अन्तर्राष्ट्रिय ट्रेड सेन्टर खोल्ने विषयमा कुराकानी भयो । स्मिथोसोनियन एडभेन्नर, डिस्कोभरीले परीक्षण टूर पठाउने सहमति गरे । वैकल्पिक होटल व्यवस्थापन, सजिलो क्यान्सिलेसन, एक्सटेन्सन, रिफण्डबारे बहस भए ।

राम्रोसँग हेर्ने हो भने विश्व पर्यटन पेसा हलिउड फिल्म इन्डष्ट्रीभन्दा उच्च स्तरको छ । हाम्रो जस्तो विकट र अनौठो देशमा विभिन्न तहको व्यापार छ । ८८४८ मिटरको उचाइको एभरेष्ट र समुद्री तहको कालीगण्डकी खोंच, स्कीदेखि बन्जी जम्पिङ र माउन्टेन्यरिङदेखि ह्वाइट वाटर ¥याफ्टिङसम्म । विश्वमा नपाइने दुर्लभ चराहरू, हजारौं थरी फूल, बटरफ्लाई र क्षेपाराहरू, बङ्गाल टाइगरदेखि यती हिउ मानव, सयौं उप वर्णका मानिस, भाषा, भेषभूषा हरेक धर्ममा सहिष्णुता जिउँदो सुकन्या भगवान कुमारी ।

यो मात्र संसारमा यस्तो देशहो जहाँ फिट टूरिष्टलाई पनि भगवान मानिन्छ । यो उसको क्लोजिङ मन्तव्य थियो ।

दिन राम्रो बित्यो । भोलि न्यु मेक्सिको अल्वाकर्की उड्नु थियो । ब्याक प्याक रेडी नै थियो । दुई चार डिनर अफर थियो तर ऊ वासस्थान नै फर्कने विचार ग¥यो । स्थानीय एजेण्टले लिफ्ट दियो घर फर्कियो ।

सदाझंै रामा फुर्तिला थिएनन् । आज उसले रामाको मुड बनाउन प्रयास नगरेको हैन । वो ! यु कम, आइम नट फिलिङ १००५ टुडे । उसले रामालाई आराम गर्न भन्दै थियो । सीमा आइन्, बिन वेइटिङ फर यू.. आर यु रियल्ली लिभिङ टुमारो ? उनले भनिन् ।

‘ह्वाट क्यान आई डु, ह्याभ टु लिभ.. ए जिप्सी मस्ट मुभ अन..’ उसले हाँस्दै भन्यो ।

‘यु आर नाइस्ली सेटल्ड इन आवोर हार्ट एण्ड सोल, ह्वाट ए लक्की जिप्सी’ –सीमाले हाँस्दै भनिन् ।

थ्याङ्क्यू फर इभ्रिथिङ, रियल्ली प्लिज्ड, आई एम स्पीचलेस, उसले भन्यो ।

साई आइन्,

मम् हि डज्नट वान्ट टु वी योर सन ?

साई हाँसिन् र बोलिन आई ह्याभ ए भ्याकेन्सी फर इन ल ।

उसले थपिदियो– ‘आई क्यान मेक रामा ए बीग ब्रदर ।’

रामा पर हाँस्दै थिए, उसले कुरा घुमाइदियो, साई र सीमा हेराहेर गरे ।

हरेक सुरूवातको अन्त्य लेखिसकिएको हुन्छ तर पनि उसको जाने कुराले सबैमा खिन्नता छाएको थियो । एक अन्जान सहयात्री घरसम्म आउनु, पारिवारिक सदस्य बन्नु र केही घण्टापछि जाँदै थियो । सीमाले अनायास पाएको एक मित्र गुमाउँदै थिइन् । उनका भन्न र लेख्न नसकेका एक डोको दःुखसुख पोख्न मिल्ने साथी छुटिँदै थियो । अलिअलि विपरीत लिङ्गको आकर्षण पनि छँदैथियो । जवानी थियो, मनोभावना मिल्दाजुल्दा थिए । तर, ऊ के थियो, को थियो पारिवारिक स्टाटस के थियो ? कसैले सोधेनन् । अमेरिकीहरू कुकुर, बिरालोलाई त खसी पारेर मात्र पाल्छन् । मान्छेको घेरै व्यक्तिगत कुराप्रति चासो नराख्नु सामान्यतया नै थियो कि ?

‘ड्याड नट गन गिभ यू ए कम्पनी टुडे, लेट्स गो टु स्वीमिङ पुल साइड’, सीमाले उसको हात समातिन् । ऊ आज्ञाकारी बालकझैं पछि लाग्यो । साई भान्सातिर लागिन् ।

तिमीले दिउँसो खाना त खायौ ? सीमाले सोधिन् ।

इट वाज ए बिजी मिटिङ सो, ह्याड ए सुपर लन्च । ए सेलफिस बिजनेस म्यान डन्ट इभन मेक ए कल ! सीमा भावनात्मक भएको बुझ्यो । हरेक जटिल परिस्थिति पनि एक सामान्य टर्निङ प्वाइन्टबाट अन्यत्र घुमाइदिए परिस्थिति सहज बन्छ ।

कति गहिरो छ यो स्वीमिङ पुल ? उसले सोध्यो ।

जस्ट गेस फ्रम वाइ दि साइड, सीमाले भनिन् ।

जुन महिनामा धपक्क बलेको जमीन, तातो तन्दुरी ओभन जस्तो मौसम, पसिनाले भिजेको उकुस मुकुस शरीर । पश्चिमतिर ओह्रालो लाग्दै गरेका पहेंला घाम, रङ्गीन फराकिलो आकाश, त्यस्तै रक्तिम लालिमा बोकेर बसेकी थिइन् सीमा ।

सीमाले जाली फ्याँकिन, अलिअलि परेका पातहरू माछा जालमा परेजस्तै सोहोरिएर आए । सीमा उसको नजिकै आइन् र धकेली दिइन्, ए सरप्राइज ।

तीन चार फीट गहिरो थियो, सुपर गर्मी चिसो पानीमा डुबुल्की मार्न पाउनु त रमाइलो नै थियो । विना सूचना डुबेकाले उसको वालेट र महत्वपूर्ण कागजात बगलीमा नै थिए । ऊ हतारिएर बाहिर आयो वालेट निकाल्यो नजिकै रहेको एउटा डस्टर टावल लिएर पुछ्यो । खासै भिजिसकेका थिएनन् ।

साईलाई पूर्वानुमान थियो कि ? टावल लिएर आइन् । सीमा स्तब्ध र रातो भएकी थिइन् उनलाई गल्ती महसुस भयो कि । उनी अवाक् मनोदशामा थिइन् । साईले इसारा गरिन् उसले सीमालाई पूरै धकेलीदियो झ्याम्म । विना स्वीमिङ कस्टुममा स्वीमिङ पुलमा पस्नु त दुर्दशा नै हुने रहेछ । सीमालाई के गर्ने के नगर्ने भयो । पारदर्शी समर लुगा, भित्री छँदै रहेनछ । आफूले सुरू गरेको मजाक आफैँलाई भारी प¥यो, स्विमिङ पुलबाट नै आमालाई चिच्याइन् । मम् गिभ मि दि कस्टुम प्लिज । आमा गइसकेकी थिइन् ।

साई पनि के कम थिइन् र आई एम बिजी, कान्ट हेल्प, टेक योर सेल्फ ।

उसले आफूसँग भएको टावल सीमालाई थमाइदियो । उनी टावलमा लपेटिन् बाहिर आइन् उनको भिजेका पारदर्शी झिल्लीबाट उनका लालपूर्जा र व्यक्तिगत श्रीसम्पत्ती सबै देखियो । यति गर्मी थियो कि भिजेका लुगा एकै छिनमा सुक्थे र सुकेको लुगा क्षणभरमा पसिनाले निथु्रक्क बनाउथे ।

साँझपख तापक्रम थोरै घटेको थियो । टिकी टुकी बालेर आउटडोर डिनर भयो । इन्डो अमेरिकन फ्युजन सानदार डिनर थियो र फेरवेल ट्रिट पनि । सीमा र साईले एक–एक गिफ्ट दिए । रामाले एक बोटल लफ्रोएक अठ्ठार सिङ्गलमाल्ट ल्याएका रहेछन् । सीमालाई मनको ढुकढुकी साट्नु थियो सायद, मोटोरोलाको फिल्पफोन दिइछन् दश डिजिटको नयाँ नम्बर बाहिरै लेखिएको थियो ।

डिनर सकेर सबै सुत्ने तर्खरमा थिए । उसको ढोकामा नक नक आवाज आयो... सीमा रहेछिन् । आई ह्याभ अर्ली कल टुमोरो, जस्ट वान्ट टु से बाई ।

प्लिज कम इन, इट इज अल योर्स... उसले भन्यो ।

हाउ यू आर सो स्वीट, उनले लाडिएको स्वरमा भनिन् ।

रिमेम्बर मी, ह्वेन यू आर ह्याभिङ टी अर कफी एण्ड सेभ सुगर, उसले भन्यो– दुबै हाँसे ।

दुवैले हग गरेर छुट्टिए । ढोकाबाट बाहिर निस्कन लागेकी सीमा फर्किइन् जोडले आफूतिर खिचिन् । उसलाई गाला, गर्धन र ओंठ जताततै बिजुली चम्किए । विनास्वार्थ र आशयका मनोभाव साटिए । मायाको परिभाषामा अर्को उदाहरण थपियो। पूर्वीय संस्कार र सम्बन्धको अनुशासन तोडियो । पश्चिमी संस्कार, मर्यादा वा असमन्जस परिणाम छताछुल्ल भयो । पूर्व र पश्चिमको सम्मिश्रण सीमाले आफूलाई सम्हाल्न सकिनन् मुख थुनेर आफ्नो कोठातिर लागिन् । ऊ हेरेको हे¥यै भयो । थचक्क बस्यो । के–कसरी भयो दुवैलाई एहसास नै भएन र टेबलमा रहेको नोटप्याडमा लेखिदियो ।

‘टोलाएर हेरिरहे ओझेल पर्दासम्म

तिमी मेरी हुन्छ्यौ भने लिन्छु अर्को जन्म ।’

बिहान उठ्दा ढिला भइसकेको थियो, हतार–हतार सावर लियो । साईले कफी बनाइन्, गाडी स्टार्ट गरिन् । रामा गहभरी आँशु बोकेर उभिए । उसले झुकेर अभिवादन ग¥यो । रामाले अँगालो मारे र भनें– ‘प्लिज कम ब्याक ।’ बाई गरेर एयरपोर्ट लाग्यो साईसँग ।

केकी मौनतापछि साई बोलिन्, ह्वेन क्यान आई कम टु पिक यु अप ?

नट गन गिभ यु हार्ड टाइम, गन कम डाइरेक्टली एट होम । उसले भन्यो ।

सीमा गन मिस यु, सी लभ्ड योर कम्पनी । इफ यु निड ए पेपर अर यु आर कम्फर्टेबल विथ एस, यु आर वेलकम टु वी अ पार्ट अफ आवर फेमेली ।

उसले बाहिर हेर्दै भन्यो– लेट गिभ सीमा ए विट मोर टाइम, आई विल वी इन टच विथ हर । आई विल ट्राई माई बेस्ट टु मेक हर लाइभ्ली ।

कम विथ अस, मेक पेपर, लेट सीमा टु कम आउट फ्रम दिस ट्रमा –साईको सिधा र सरल प्रस्ताव थियो ।

आई ह्याभ टु बि ब्याक, ह्याभ नट थट टु सेटल्ड

हिअर आई ह्याभ रेसपन्सब्ल्टी, आई गट ए गुड फ्यामिली ।

आई विल वि ब्याक सुन, मम् ! उसले ढाडस दिँदै भन्यो । साईले गह भरिन् । टर्मिनल डि, एअरपोर्ट आइसकेको थियो, ओर्लिएर हग दिइन्, उसले झुकेर अभिवादन ग¥यो। लगेज चेकइन ग¥र्यो र बोर्डिङ पास लिएर गेटतिर लाग्यो । गेट ‘सी१०९’ युनाइटेड एअर, एल्वाकेर्की चेकइन सुरू भइसकेको थियो ।

क्रमशः

 

No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग